बलात्कारी गौतमलाई नियन्त्रणमा लिन माग गर्दै पीडित परिवारद्धारा राजमार्ग अवरुद्ध

1k Shares

शंखर पहाडी(गौरब) 
बलात्कारीलाई प्रहरीले पक्राउ नगरेको भन्दै सर्लाहीको हरिवन नगरपालिका ९ नयाँरोडस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार दिउँसो पप्डित परिवारजनले चक्काजाम गरेका छन् । गएको फागुन २५ गते बिहीबार दिउँसो हरिवन नगरपालिका ९,दनुवारीका स्थानीय ५५ वर्षीय नारायण गौतमले स्थानीय कृष्ण लामिछानेकी ११ वर्षीया नावालिका छोरीलाई ललाइफकाई बलात्कारको प्रयास गरेका र ईलाका प्रहरी कार्यालय हरिवनमा जाहेरी दिएको भएपनि प्रहरीले पीडक गौतमलाई नियन्त्रणमा नलिएको भन्दै पीडित परिवार आन्दोलीत भएका हुन ।


घटनापछि आरोपित गौतम फरार रहेका र उनको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ । घटना भएको एक साता भइसक्दा समेत प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै पीडित परिवाजनले राजमार्गमा स्थानीय प्रहअरी प्रशासन,स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीय राजनैतिक दलका नेताहरुका विरुद्ध नाराबाजीसहित टायर बालेर यातायात ठप्प पारेका हुन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतले बन्दस्थलमा पुगी आरोपित व्यक्तिको खोजी भइरहेको र जतिसक्दो चाँडो पक्राउ गरी कारवाही अघि बढाउने प्रतिवद्धता जनाएपछि बिहीबारको पीडित परिवारजनको आल्दोनलन स्थगीत भएको छ । प्रहरीउपरिक्षक सुवेदीले पीडिक गौतमलाई अबको तीनदिन भित्रमा कुनैपनि हालतमा नियन्त्रणमा लिने प्रतिवद्धता जनाएपछि बिहीबारको प्रदर्शन स्थगीत भएको पीडित परिवारलनले बताएका छन् ।


पीडित परिवारले बलात्कारी गौतमलाई राजनीतिक संरक्षण दिएर जोगाउने प्रयास भइरहेको दावी गरेका छन् । उनीहरुले स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीय राजनैतिक दलका नेताहरुले पीडित परिवारले बलात्कारी गौतमलाई संरक्षण दिनु र आफुहरुलाई आर्थिक प्रलोभनमा पार्नुले आफुहरुले न्यायपाउने  सम्भावना घटेको भन्दै आन्दोलनमा उत्रनु परेका पीडित परिवारको भनाई छ । बलात्कारी गौतमलाई नियन्त्रणमा लिन माग गर्दै हरिवन नगरपालिका ९ का स्थानीय र पीडित परिवाले गएको मङ्गलवार पनि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका विरोध जनाएका थिए ।

सम्बन्धित समाचार