ठेकेदारलाई बक्यौता बुझाउन नारायण मा.वि.को सूचना

181 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका स्थित केशरगन्जमा रहेको नारायण माध्यमिक विद्यालयले विद्यालयको स्वामित्वमा रहेका विभिन्न जग्गा तथा पोखरी ठेक्कामा लिई सम्झौता अनुरुप समयमा ठेक्का चुक्ता नगर्ने ठेकेदारहरुलाई बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । विद्यालयका प्रधानाध्यापक फणिराज बरालले हस्ताक्षर गरी एक सूचना जारी गर्दै विद्यालयको स्वामित्वमा रहेका विभिन्न जग्गा तथा पोखरी ठेक्कामा लिई सम्झौता अनुरुप समयमा ठेक्का चुक्ता नगर्ने सबै ठेकेदारहरुलाई अविलम्ब वक्यौता रकम बुझाउन अनुरोध गरेका हुन ।

WhatsApp Image 2025-11-18 at 4.50.47 PM.jpeg
७ दिने सूचना जारी गर्दै वक्यौता रकम नबुझाए ठेकेदारहरुको तीन पुस्ते नामावली सहित पत्रिकामा सूचना प्रकाशन हुने तथा कानुनी र प्रशासनिक कारवाही अघि बढाई जरिवाना तथा व्याज सहित रकम असुल उपर गरिने समेत प्रधानाध्यापक बरालले हस्ताक्षर गरी जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार