आफ्नो बागी उम्मेदवारी फिर्ता नलिने दाहालको घोषणा

207 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता महेश्वर दाहालले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।सिन्धुली क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका नेकपाका नेता दाहालले एक विज्ञप्ती जारी गर्दै आफुले कुनै पद तथा लाभस्वार्थका लागि उम्मेदवारी नदिएकाले आफ्नो उम्मेदवारी कुनैपनि हालमा फिर्ता नहुने बताएका हुन ।
उनले जारी गरेको विज्ञप्तीमा“हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति,केही पद हत्याउनका निम्ति अथवा कुर्सीमा जानका लागि चालिएको कदम विल्कुल होइन ।यो त पद्धतिविहीन बनेको,पथभ्रष्ट भएको र राजनीतिक चरित्रवाट तल गिरेको नेतृत्वको विरूद्धको बगावत हो ।हामी आफ्नो ठाउँबाट यो दावा गर्दैनौ कि सिंगो देशलाई हाम्रो कदमले नेतृत्व गर्नेछ तर सिंगो देशमा कम्युनिस्ट आन्दोलनको मूल्यविहीनता,मुद्दा विहीनता र जुन प्रकारको पतनको दिशातिर आज कम्युनिस्ट आन्दोलन गएको छ त्यसलाई विराम दिने एउटा प्रयत्न सिन्धुलीले सुरू गरेको हो ।यसका परिणामहरूबारे हामी अनविज्ञ छैनौं।हामीलाई कार्बाही गरिनेछ।गद्दार भनिनेछ ।पार्टीबाट मिल्काइनेछ।तर,हामी यो मुद्दा कम्युनिस्ट आदर्श, कम्युनिस्ट राजनीतिबाट विचलित हुने छैनौ र,जनसमुदायका अगाडि हामी यो प्रमाणित गरि छाड्नेछौ,वास्तवमा हामीले नै कम्युनिस्ट आन्दोलनलाई एउटा सिद्धान्तनिष्ठ मजदुर,किसान र  उत्पीडित जनसमुदाय प्रति प्रतिबद्ध मूलबाटोमा डोरÞ्याउन खोजेका हौं भन्ने कुरा इतिहासमा प्रमाणित हुनेछ ।”भनिएको छ ।
“प्रजातान्त्रिक आन्दोलनको प्रारम्भमा नै बर्माबाट माक्र्सवादमा दीक्षित भएर आएका योद्धा एसबी राँईले बासुदेव श्रेष्ठ लगायतका पुराना पिढीसँग मिलेर कम्युनिस्ट आन्दोलन सुरू गरेको सिन्धुली जनयुद्धको विजारोपण पनि हो।ऋषि देवकोटा(आजाद),दुर्गा सुवेदी,दलबहादुर रजन मगर,चन्द्र प्रकाश गजुरेल(सीपी),हरिबोल गजुरेल,ईश्वरी दाहाल र रामप्रसाद राई लगायत थुप्रै अग्रजहरूले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयास गरेका र त्यसैक्रममा महेन्द्र श्रेष्ठ, शेरमान कुँवर,मोहनचन्द्र गौतम,कमल देवकोटा र चित्रनारायण श्रेष्ठ,खड्ग देवकोटाका साथै दीर्घराज श्रेष्ठ जस्ता थुप्रै नेताहरूले सिन्धुलीलाई जनयुद्धको ब्याडको रूपमा विकसित गरेको छन् ।त्यसलाई बचाई राख्न मेरो उम्म्ेदवजारी हो ।”उनले भनेका छन् ।
यसअघि,आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न क्षेत्र,जिल्ला हुँदै प्रदेश कमिटिले सिफारिस गरेका मानिसको नाम हटाएर नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम निवर्तमान प्रतिनिधि सभा सदस्य दाहाललाई केन्द्रीय कार्यालयले टिकट दिएपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका जिल्ला इन्चार्ज बुद्धिमान माझी(वसन्त) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका संयोजक पानीराज बम्जन  सहित नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बनेका सबै घटकका नेताहरुले आपत्ति जनाउँदै उत्त निर्णय तत्कालन सच्याउन माग गर्दै नेकपाका इन्चार्ज र संयोजकलाई सम्बोधन गरी ध्यानाकर्षण पत्र पठाएका थिए ।

सम्बन्धित समाचार