नेकपा(एमाले) सर्लाहीेले जिल्लाको बागमती नगरपालिका ३ को वडा अधिवेशन सम्पन्न गरेको छ । बागमती नगरपालिका ३ नयाँ बस्तीबजारमा नेकपा(एमाले)ले आफ्नो वडा अधिवेशन सम्पन्न गरेको हो ।
नेकपा(एमाले) सर्लाही जिल्ला कमिटि सदस्य ज्ञान बहादुर गोलेको अध्यक्षता तथा नेकपा(एमाले)का केन्द्रिय सदस्य बद्री न्यौपानेको प्र्रमुख आतिथ्यतामा भएको वडा भेलाले ४९ सदस्ययी वडा कमिटि गठन गरेको नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।
नेकपा(एमाले)की केन्द्रिय सदस्य कल्पना कटुवाल, प्रदेश नम्बर २ प्रदेश कमिटि सदस्य रिता मैनाली लगायतकोउपस्थितीमा भएको वडा अधिवेशनले अध्यक्षमा काली बहादुर बोहोरा, उपाअध्यक्षमा मास्टर महतो, सचिवमा फुर्साङ गोले, सह सचिवमा तिर्थ गोले र अर्काे सहसचिवमा जित मान वइवा सहित ४९ सदस्यीय वडा कमिटि गठन गरेको नवगठित कमिटिका सचिव फुर्साङले जानकारी दिनुभयो ।
वडा अधिवेशन कार्यक्रममा प्रमुख अतिथी नेकपा(एमाले)का केन्द्रीय सदस्य न्यौपानेले देश र जनताको हितको लागि भुमिहिन सर्वहारा वर्ग र महिलाहरुको हक हितमा मात्र सुखी नेपाली समृद्व नेपालको स्थापना गर्नसकिने बताउनु भयो । उहाँले सबै तहतप्का,वर्ग,जातजाती,लिङ्गको अधिकार स्थापित गराउने काम नेकपा(एमाले)ले मात्र गर्नसक्ने बताउनु भयो । कार्यक्रममा करिब २ सय जनाको उपस्थिती रहेको थियो ।