विद्यालय कर्मचारीहरुको आन्दोलनप्रति नेपाल शिक्षक महासंघ बागमतीको ऐक्यबद्धता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२ गते   ५१७ पटक हेरिएको

मेनुका कुमारी पौडेल
नेपाल शिक्षक महासंघ बागमती नगर समिति सर्लाहीले विद्यालय कर्मचारीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । नेपाल शिक्षक महासंघ बागमती नगर समितिका अध्यक्ष लोकनाथ दाहालले एक विज्ञप्ती जारी गर्दै विद्यालय कर्मचारीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन ।
नेपाल शिक्षक महासंघ बागमती नगर समितिका अध्यक्ष दाहालद्धारा हस्ताक्षरीत विज्ञप्तीमा नेपाल सरकारले अभिभावकत्व बहन गर्नुको सट्टा सामुदायिक विद्यालय शिक्षालाइ अस्थिर र धरासायी बनाउन आफै लागिपरेको आरोप लगाईएको छ ।
“नेपाली शिक्षक र शिक्षाकर्मी समुदाय आफ्नो पेशागत सुरक्षाकै लागि लड्दै आइरहेको कुरा सर्वविदितै छ । नेपाल सरकारले अभिभावकत्व बहन गर्नुको सट्टा सामुदायिक विद्यालय शिक्षालाइ अस्थिर र धरासायी बनाउन आफै लागिपरेको जस्तो भान हुने गरि हाम्रा विद्यालय कर्मचारीहरुप्रति गरेको विभेदले देखाउछ,आफैले निर्धारण गरेको न्युनतम पारिश्रमिक पनि उपलब्ध गराउन आनाकानी गर्ने राज्य ओगटेर बसिरहनुको कुनै अर्थ देखिदैन,संसदिय कोषको नाममा जनताको कर आफूखुशी बाड्न सक्ने,व्यक्तिगत स्वार्थमा जतिपनि खर्च गर्न सक्ने नियम बनाउन सक्ने राज्यले दिनभरी विद्यालयमा काम गरि सेवा गर्ने श्रमजीवी श्रमिकको ज्यालामाथि गरेको यो दमनको बिरुद्ध सम्पूर्ण शिक्षाकर्मी एकजुट हुन अब ढिलो गर्नुहुदैन,यसको लागि नेपाल शिक्षक महासंघ केन्द्रीय समितिले सफल र नेतृत्वदायी पहलकदमी लिन ढिला नगरोस,सामुदायिक विद्यालयका कर्मचारीहरुको सेवा सुविदा सम्बन्धमा बजेटमा गरेका गल्तीलाई समयमै सच्याइयोस भन्दै नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रीय समितिले आहवान गरेको रास्ट्रव्यापी आन्दोलनको कार्यक्रमप्रति नेपाल शिक्षक महासंघ बागमतीको ऐक्यबद्धता रहेको छ ।” विज्ञप्तीमा भनिएको छ ।शिक्षकहरु एकतावद्ध भएर लडे मात्र अधिकार प्राप्त हुने अध्यक्ष दाहालले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech