सर्लाहीमा एम्बुलेन्सको प्रयोग गरि अवैध सामानको तस्करी हुने गरेको पाइएको हो ।बिरामी बोक्ने एम्बुलेन्सलाई अवैध सामान ओसार पसार गर्ने साधन बनाइएको विशेष सूचनाको आधारमा तीन जनालाई पक्राउ गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालले जानकारी दिए ।
उनका अनुसार को १ च ५८९६ नम्बरको एम्बुलेन्समा १४ प्रकारका पटका र ३४ प्रकारका किरानाका सामान भारतबाट अवैध तरीकाले भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा एम्बुलेन्स सहित सर्लाहीको हरिवन नगरपालिका ११ का अन्दाजी वर्ष ३६ वर्षीय विक्रम आचार्य, सोही ठाउँका अन्दाजी वर्ष ३६ कै मनोज रजक र अन्दाजी वर्ष ४३ का छोटेलाल दासलाई मलंगवाबाट नियन्त्रणमा लिइएको हो ।छिमेकी देश भारतको सोनवर्षाबाट पटका र किरानाका सामानहरु एम्बुलेन्समा राखी नेपाल तर्फ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा खटिएको सर्लाही भन्सार कार्यालय मलंगवा र शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सुरक्षा गुल्म मलंगवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीले जनाएको छ ।
भन्सार कार्यालय र शसस्त्र प्रहरीको टिमले नियन्त्रणमा लिएको एम्बुलेन्समा नेपाल परिवार नियोजन संघ सर्लाही शाखा मलंगवा लेखिएको पाइएको छ।पक्राउ परेका आचार्य एम्बुलेन्सका चालक,रजक पटका मालिक र दास किराना सामानका मालिक रहेको पाइएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीले जनाएको छ ।शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीमा गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक खनाल आएदेखि सिमा क्षेत्रबाट हुने अवैध कारोबार गर्नेहरुको निदहराम भएको छ भने समय समयमा विभिन्न स्थानहरुमा ठूलो मात्रामा भन्सार छलीका विभिन्न प्रकारका सामानहरु नियन्त्रण तथा छापामारी भएपछि अवैध कारोबारीहरुले सुरक्षित माध्यमहरु मध्य एम्बुलेन्स नै प्रयोग गर्न थालेका हुन सक्ने जानकारहरु बताउँछन् ।
कसैको आर्थिक दवाव तथा प्रभावमा नपरेका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक खनालले सिमा क्षेत्रबाट हुने अवैध कारोबारीलाई धेरैहद सम्म न्युनिकरण गर्ने काम गरेका नागरिक समाजको भनाई छ ।जिल्लाको सिमा क्षेत्रमा रहेका बिओपी तथा गुल्महरुमा पनि भरखरै प्रमुखहरुको सरुवा भएको र कसैको दवाव तथा प्रभावमा नपरी काम गर्न शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालको निर्देशन पालना गर्ने क्रममा सर्लाहीमा निकै राम्रो काम भएको पाइएको हो ।