सर्लाहीका १० वटा पालिकाहरुले विद्युत प्राधिकरणलाई करिब पाँच करोड रकम तिर्न बाँकी रहेको तथ्यांक फेला परेको छ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीमा तीन वटा वितरण केन्द्रमार्फत विद्युत सेवा विस्तार भई रहेकोमा दुई वटा वितरण केन्द्रले कमलामाई मिडिया प्रा.लिलाई उपलब्ध गराएको तथ्यांक अनुसार १० वटा पालिकाले चार करोड ७६ लाख आठ हजार नौ सय ८८ रुपैँया २७ पैसा तिर्न बाँकी रहेको पाइएको हो ।
विद्यतु प्राधिकरण वितरण केन्द्र लालबन्दी अन्र्तगतका छ पालिकाले मात्रै तीन करोड १९ लाख चार सय ६३ रुपैँया ६३ पैसा भुक्तानी गर्न बाँकी रहेको पाइएको हो ।वितरण केन्द्र लालबन्दीले विद्युत सेवा प्रवाह गर्ने लालबन्दी,हरिवन,इश्वरपुर,हरिपुर नगरपालिका,कविलासी र बागमती नगरपालिकाले गरी कुल तीन करोड १९ लाख चार सय ६३ रुपैँया ६३ पैसा भुक्तानी गर्न बाँकी रहेको केन्द्रले जनाएको छ।

जसमा लालबन्दी नगरपालिकाले विद्युत सेवा प्रवाह गरे वापत ७८ लाख ४१ हजार नौ सय एक रुपैँया छ पैसा,हरिवन नगरपालिकाले एक करोड २३ लाख ८४ हजार दुई सय नौ रुपैँया नौ पैसा, इश्वरपुर नगरपालिकाले ५४ लाख २७ हजार आठ सय ४१ रुपैँया ५२ पैसा,हरिपुर नगरपालिकाले १९ लाख ३० हजार तीन सय ७५ रुपैँया ८९ पैसा,कविलासी नगरपालिकाले १८ लाख ५५ हजार सात सय ६५ रुपैँया १३ पैसा र बागमती नगरपालिकाले १० लाख ७९ हजार तीन सय ७० रुपैँया चार पैसा भुक्तानी गर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाको छ ।
यता,विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवाले विद्युत सेवा विस्तार गरेको बरहथवा नगरपालिकाले मात्रै ४९ लाख आठ हजार तीन सय ११ रुपैँया २४ पैसा,हरिपुर नगरपालिका–१ ले एक हजार दुई सय ७७ रुपैँया ११ पैसा,बसबरिया गाउँपालिकाले १७ लाख ९९ हजार सात सय पाँच रुपैँया २६ पैसा,धनकौल गाउँपालिकाले १० लाख चार हजार तीन सय ३१ रुपैँया ७१ पैसा र चक्रघट्टा गाउँपालिकाले रु एक लाख ४० हजार छ सय ३७ रुपैँया गरी कुल ७८ लाख ५४ हजार दुई सय ६२ रुपैँया ३२ पैसा विद्यु प्रयोग वापतको बक्यौता रकम रहेको वितरण केन्द्र बरहथवाले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।
केन्द्रका अनुसार पालिकाहरुले सडक वत्तिका साथै विभिन्न वडा कार्यालयहरु र नगरपालिका तथा गाउँपालिका कार्यालयहरुमा प्रयोग गरेका विद्युतको महशुल भुक्तानी गर्न १० वटै पालिकाहरुलाई पटक पटक मौखिक तथा लिखित पत्राचार गरिएको भएपनि भूक्तानीमा पालिकाहरु मौन देखिएका छन्।२० वटा पालिका भएको सर्लाहीमा तीन वटा वितरण केन्द्र रहेका छन् । जसमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाको विवरण आउन बाँकी रहेको छ।मलंगवा वितरण केन्द्रले १० वटा पालिकाहरुमा विद्युत सेवा विस्तार गरि रहेको छ।