सामाजिक सुरक्षा भत्ता लिन लाईनमा बसेका वि.कको मृत्यु

780 Shares

सर्लाहीको लालबन्दी स्थित रहेकाे महालक्ष्मी विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लाईनमा बसेका एक जनाकाे ज्यान गएकाे छ ।
लालबन्दी नगरपालिका ७ स्थित रहेकाे महालक्ष्मी विकास बैकमा सामाजिक सुरक्षा भत्ता लिन लाईनमा बसेका  लालबन्दी नगरपालिका ५ रन्जितपुरका  अन्दाजी ७१ वर्षिय भाेला वि.काे ज्यान गएकाे प्रहरीले जनाएको छ ।
आईतबार दिउँसो करिब २:३० बजे सामाजिक सुरक्षा भत्ता लिन लाईनमा बसेका वि.क अचानक ढली बेहाेस भए पछि तत्कालै अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घाेषणा गरेका स्थानीयले बताए ।
पछिल्लो समय जिल्लाका बैकहरुले सामाजिक सुरक्षा भत्ता लगायतका काम गर्दा सेवाग्राहीहरुकाे लाईन लगायतका काममा कतिपनि व्यावस्थापन नगर्ने गरेका पाईएकाे छ ।
विशेष गरि जिल्लाका  कमर्सियल बैँकहरुले सेवाग्राहीहरुकाे सुविधामा ध्यान नपुर्याएका पाईएकाे हाे । जसका कारण सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउन सकेका छैनन् भने सास्ती उतिकै खेपी रहनु परेकाे छ ।

सम्बन्धित समाचार