नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको माओवादी केन्द्रका प्रवक्ता एवम निवर्तमान सभा मुख अग्नि प्रसाद सापकोटाले बताए ।माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले आगामी निर्वाचनमा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरि तीन महिने अभियान सञ्चालन गरिरहेको बताए ।
समानुपातिकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्बरभन्दा मत बढाउने विश्वास पैदा भएको प्रवक्ता सापकोटाले बताए । प्रवक्ता सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि,विधान र पद्धति लगायतमा बहस गर्ने र त्यसपछि विशेष महाविधेशन आयोजना गर्ने जानकारी दिए ।माओवादी केन्द्रको सुदृढीकरण अभियान पनि सफल हुँने भन्दै उनले पार्टीमा पनि आकर्षण बढेको दाबी गरे ।प्रवक्ता सापकोटाले माओवादी केन्द्रको नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए ।सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।