पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवन नगरपालिका ११ मा कन्भेक्स लेन्स जडान गरिएको छ ।यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीको व्यवस्थापनमा पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवन नगरपालिका ११ कडरिया चोक र ईलाका प्रहरी कार्यालय हरिवनको कार्यालय अगाडि दुई वटा कन्भेक्स लेन्स जडान गरिएको यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीका प्रमुख शशी कुमार यादवले जानकारी दिए।उनका अनुसार घुम्ती सडकमा दुर्घटना न्यूनिकरणका लागि भन्दै दुई वटा कन्भेक्स मिरर जडान गरिएको हो ।
घुम्ती सडकमा दुर्घटना न्यूनिकरणका लागि भन्दै दुई वटा कन्भेक्स मिरर जडान गर्न ईलाका प्रहरी कार्यालय हरिवन र अस्थायी ट्राफिक पोष्ट हरिवनको समन्वयमा कन्भेक्स लेन्स जडान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेले बताए ।उनका अनुसार ट्राफिक प्रहरी दुर्घटना न्यूनिकरणका लागि हररात हर दिन गम्भीर भएर लागि रहेको समयमा सरोकारवाला निकायको यस प्रकारको सहयोगले ट्राफिक प्रहरीलाई आफ्नो काम गर्न उर्जा मिलेको छ ।