Close This

लालबन्दी प्रहरीलाई ठुलो सफलता प्रनि कार्की आएको केही दिनमै ९ लाख बराबरको अवैध सामान बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२८ गते   १२६१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ बाट ठुलो मात्रामा अवैध रसायनिक मल बरामद् भएको छ । लालबन्दी नगरपालिका १६ को परवानीपुर,मिलनचोकबाट अबैध रासायनिक मल सिन्धुलीको मरिण तर्फ जाँदै गरेको सुचनाको आधारमा पुगेको प्रहरीको टोलीले रासायनिक मल लोड भएको ट्रयाक्टर सहित चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीले जानकारी दिनु भयो । 
बैशाख २६ गते सोमबार राती करिब ९ः३० बजेको समयमा अनटेष्ट ट्रयाक्टरमा एकसय बोरा रासायनिक मल अवैध तरिकाबाट सिन्धुलीको मरिण तर्फ लैजाँदै गरेको भनने सुचनाको आधारमा पुगेको प्रहरीटोलीले मलखाद्य लोड भएको ट्रयाक्टर सहित त्यसका चालक समेत नियन्त्रणमा लिएको प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।
सय बोरा रासायनिक मलखाद्य,ट्रयाक्टर र चालकलाई मंगलबार जिल्ला भन्सार कार्यालय सर्लाही बुझाइएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी परवानीपुरका प्रहरी प्रमुख असई गणेश दनुवारको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको मलखाद्य र ट्रयाक्टर करिब रु ९ लाख ११ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech