Close This

सर्लाहीका सरकारी कार्यालयहरुले सेवा दिन थाले

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२३ गते   ३९३ पटक हेरिएको

सर्लाहीका सरकारी कार्यालयहरु मंगलवारबाट खुलेका छन । झण्डै एक महिना बन्द भएका सर्लाहीका सरकारी कार्यालयहरुले मंगलबारबाट सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्न थालेका हुन ।
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि जिल्लामा साउन २६ गतेदेखि निषेधाज्ञा लगाइएसँगै सरकारी कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएका थिए । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार सोमबारबाट निषेधाज्ञा हटाइएसँगै मंगलबारबाट सरकारी कार्यालयहरु खुलेका हुन ।
सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत र नापी कार्यालयले स्थानिय निकायगत पालो मिलाएर पालैपालो सेवा दिने भएका छन् । त्यसका लागि अहिले ती कार्यालयहरुले सूचना निकालेर स्थानिय निकाय र बार तोकिएको छ ।
भने मालपोत कार्यालय हरिवनले बुधबारबाट मात्रै सेवा दिने भएको छ ।  सदरमुकाम मलंगवास्थित जिल्ला मालपोत कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले सीमित कर्मचारी राखेर सेवा दिन लागिएको कार्यालय प्रमुख गोपाल प्रसाद बरालले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech