सर्लाहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जना घाईते भएका छन् भने एकजनाको मृत्यु भएको छ।सर्लाहीको मलंगवा नगरपालिका १२ स्थित भित्रि सडक खण्ड स्थित नहरमा ट्याक्टर पल्टीदा पाँच जना घाईते भएका छन् भने कर्मैयामा मोटरसाईकल दुर्घटना हुँदा चार जना गरी नौ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मलंगवा नगरपालिका १२ स्थित भित्रि सडक खण्ड स्थित नहरमा ट्याक्टर पल्टीदा घाईते भएका पाँच जना मध्य एक जनाको एनएफसी अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।अन्दाजी २५ जना बोलबम भक्तजनहरु लिएर हिडेको ज २ त ३२७ नम्बरको ट्याक्टर नहरमा पल्टिदा घाईते भएकी चक्रघट्टा गाउँपालिका ५ की अन्दाजी बर्ष २६ की पतही देवीको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगन्ज पठाइएकोमा एनएफसी अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।भने चक्रघट्टा गाउँपालिका ५ का दिनेश मण्डलकी अन्दाजी ९ वर्षिय छोरी सुस्मिता कुमारी,सोही ठाउँकी अन्दाजी ४० वर्षकी गिता देवी र उनकी छोरी अंन्दाजी वर्ष ११ की अंशु कुमारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संग्लग्न ट्याक्टरका चालक चक्रघट्टा गाउँपालिका ८ औरहीका अन्दाजी वर्ष ३० का राम बालक राय फरार रहेका र खोजतलासको काम भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।ट्याक्टरमा सवार अन्य भक्तजनहरु भने सकुसल रहेका छन् ।
त्यस्तै सर्लाहीको कर्मैया स्थित बागमतीमा जल लिन गएका विआर ३० ए ६९५४ नम्करको भारतीय बोलबम यात्री मोटरसाइकल दुर्घटनामा परि चार जना घाइते भएका छन्।भारतको सितामाढी निवासी २३ वर्षीय सन्तोष निराला सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउँका १२ वर्षीय नितेश यादव,सोही ठाउँका १४ वर्षीय चन्द्र मोहन महतो र सोही ठाउँका १६ वर्षीय रोहित यादव मोटरसाईकल दुर्घटनामा घाईते भएका छन् ।भारतीय मोटरसाईकल बागमती पुलबाट भरत तालतर्फ तिब्र गतिमा गइरहेको अवस्थामा सोही दिशातर्फ गइरहेको प्र.२–०३–००१ क १३०१ नम्बरको मिक्चर मेशिनमा पछाडीबाट ठोक्किदा भएको दुर्घटनामा चारजना घाईते भएका हुन ।
साउन महिनामा विभिन्न स्थानमा महादेव मन्दीरहरुमा मेला लाग्ने तथा भक्तजनहरु विभिन्न स्थानबाट आउने तथा विभिन्न सवारी साधनहरुको प्रयोग गर्ने गरेका भएपनि सर्तकता नअपनाउँदा दुर्घटना भई मानविय क्षेती हुने गरेको जानकारहरु बताउँछन्।ट्याक्टरको ढालाको डिलमा बसेर अचाअच भक्तजनहरु आत्रा गर्दापनि सरोकारवाला निकाय ट्राफिक प्रहरी मौन बस्दा दुर्घटना झन बढेको जानकारहरुको भनाई छ ।