स्वास्थ्य मापदण्ड अपनाउँदै तिज मनाउन उपाअध्यक्ष तामाङ्गको आग्रह

4.6k Shares

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज यस बर्ष घर घरमै बसेर मनाउन तीनपाटन गाउँपालिकाले आग्रह गरेको छ ।  विश्वरभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको जोखिम बढेको भन्दै गाउँपालिकाले यस बर्षको तिज कुनै जमघट नगरी घरमै बसेर मनाउन आग्रह गरेको हो ।
गाउँपालिकाकी उपाअध्यक्ष पदम माया तामाङ्गले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजमा कुनै जमघट, भेला, पार्टि नगरि आफ्नै घरमा बसी सुरक्षित तरिकाले मनाउन गाउँपालिकाबासी महिला दिदी बहिनीहरुमा आग्रह गर्नुभयो । 
नेपाली नारीहरूको महान चाड २०७७ सालको हरितालिका तिजको पावन अबसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्र्पुण श्रमजिबि पेसाकर्मी आम आमा दिदी बहिनीहरूमा सुख शान्ति सम्बृद्धिको हार्दीक मंगलमय सुभकामना ब्यक्त गर्दछु । कोरोना भाईरस कोभिड १९ का कारण विगतका बर्षहरूमा झै यस बर्ष सामुहिक भेला भएर तिजका कार्यक्रमहरू गर्न नसकिने हुदा स्वास्थ्य मापदण्डका सुरक्षाका उपायहरू अपनाउदै घरमै बसी तिज मनाउनु हुन अनुरोध गर्दै यस्तो विषम परिस्थतिमा पनि राष्ट्र र जनताको सेवाका लागि दिनरात नभनि खटिने राष्ट्र सेवक कमर्चारि स्वास्थ्यकर्मी, सेना प्रहरी, पत्रकार जनप्रतिनिधिहरू लगायत सम्पुर्ण मानुभावहरू प्रति हार्दिक धन्यवाद सहित सुभकामना ब्यक्त गर्दछु ।उपाअध्यक्ष तामाङ्गले आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ ।
नेपाली महिला दिदीबहिनीहरुले विशेष महत्वका साथ मनाउने हरितालिका तीज पर्वले आपसी सदभाव, सामाजिक मूल्य मान्यता, सांस्कृतिक पहिचानको संरक्षण, संवैधानिक अधिकारहरुको सुनिश्चितता र पारिवारिक सम्वन्ध सुमधुर गर्नमा अहम् भुमिका निर्वाह गरोस् भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार