फूलजोर बाबाका ४९ जनाका लागि ३२२ जनाले गरे मतदान

105 Shares

सर्लाहीको फूलजोर बाबा साझेदारी वन उपभोक्ता समुहको नयाँ नेतृत्व चयन गर्न शनिबार भएको मतदानमा तीन सय २२ जनाले मतदान गरेका छन् ।फुलजोर बाबाका तीन सय २९ जना मतदाता रहेका भएपनि तीन सय २२ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
ईश्वरपुर नगरपालिका ६ स्थित नारायण जनता मा.वि.मा शुक्रबार उद्ध्घाटन भएको तेस्रो साधारण सभामा सहमती जुट्न नसकेपछि शनिबार निर्वाचन भएको हो ।जिल्लाका पाँच वटा पालिकाका ४७ वटा वडाबाट छानिएर आएका तीन सय २९ जना प्रतिनिधिमध्ये तीन सय २२ जनाले मतदान गरेका छन् ।
निर्वाचनबाट अध्यक्ष,उपाध्यक्षसहित ५१ जना सदस्य निर्वाचित हुनेमा उपाध्यक्षमा सुरेन्द्र महतो र मधेशी सदस्यमा गौरी शंकर यादव निर्विरोध निर्वाचित भइसकेका छन् ।बाँकी रहेका ४९ जनाको लागि भने शनिबार मतदान भएको हो ।सर्लाहीका तीनवटा साझेदारी वनमध्ये लालबन्दी र जानकीनगर साझेदारी वनको यस अघि नै चुनावै भएर समिति चयन भएको थियो ।

सम्बन्धित समाचार