सागरनाथ वन परियोजना सर्लाहीको क्षेत्रबाट तस्करी गर्दै गरेको अवस्थामा काठसहित एउटा पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ।सागरनाथ वन विकास परियोजना क्षेत्रबाट बा ८ च ७४९१ नम्वरको पिकअपमा पाँच थान सालका गोलिया लोडगरी तस्करी हुँदै गरेको अवस्थमा पिकअप सहित काठ नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।
सागरनाथ वन विकास परियोजनाको बाँके खोला क्षेत्रबाट पाँच थान सालको गोलिया बा ८ च ७४९१ नम्वरको पिकअप मा लोड गरी तस्करी हुँदै गरेको अवस्थामा प्रहरी पुगेपछि काठ तस्करहरु प्रहरीलाई देखि भागेका इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ । प्रहरीले बरामद गरेको काठ र पिकअप आवश्यक कार्बाहीका लागि डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीमा बुझाएको इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रमुख एवम प्रहरी नायव उपरिक्षक मान प्रसाद श्रेष्ठले जानकारी दिए ।
सागरनाथ वन विकास परियोजनाका कर्माचारीहरुको मिलेमतोमा सो क्षेत्रबाट यस अघिपनि काठ तस्करी धेरै हुने गरेको पाइएको थियो।परियोजनामा लामो समयदेखि बसेका केही कर्माचारीहरु र आसपासका सःमिल तथा काठ व्यावसायीहरुको मिलेमतोमा सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रका साथै फूलजोर बाबा साझेदारी वन व्यावस्थापन समुह तथा सोक्षेत्रका सामुदायिक वन समुहहरुको जंगल क्षेत्रबाट व्यापक मात्रामा काठ तस्करी हुँदा समेत सरोकारवाला निकाय सागरनाथ वन विकास परियोजना सर्लाही सुस्त देखिएको जानकारहरु बताउँछन् ।