सिन्धुली पाठशालामा विद्यालय स्वास्थ्य कार्यक्रम

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-१६ गते   १८६४ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित ढुंग्रेबासमा रहेको सिन्धुली पाठशालामा पोषण तथा सरसफाई सम्बन्धी एक कार्यक्रम गरिएको छ ।प्राविधिक प्रशिक्षण केन्द्र सिन्धुलीका प्रचार्य सुरेन्द्र विष्टको पहलमा कमलामाई नगरपालिका ४ स्थित ढुंग्रेबासमा रहेको सिन्धुली पाठशालामा पोषण तथा सरसफाई सम्बन्धी एक कार्यक्रम गरिएको हो ।कमलामाई नगरपालिका ४ स्थित ढुंग्रेबासमा रहेको सिन्धुली पाठशालामा पोषणयुक्त सन्तुलित आहारा र सरसफाई सम्बन्धी एक दिने कार्यक्रम गरिएको  प्राविधिक प्रशिक्षण केन्द्र सिन्धुलीका प्रचार्य विष्टले जानकारी दिए ।उनले आफुपनि स्वास्थ्य क्षेत्रको रहेको र विद्यालयहरुमा पोषणयुक्त सन्तुलित आहारा र सरसफाई सम्बन्धी कार्यक्रमहरु गर्दा प्रभावकारी हुने भएकाले एक कार्यक्रम गरिएको बताए ।
विद्यालय स्वास्थ्य कार्यक्रम अन्र्तगत प्राविधिक प्रशिक्षण केन्द्र सिन्धुलीले पोषणयुक्त सन्तुलित आहारा र हात धुने तथा सरसफाई गर्ने विषयमा विद्यालयमा कार्यक्रम गरेको सिन्धुली पाठशालाका भाईस प्रिन्सिपल छिरिङ तामाङले जानकारी दिए ।कार्यक्रममा सिन्धुली पाठशालाका शिक्षक,शिक्षिकाहरुका साथै विद्यार्थीहरुको विशेष सहभागीता रहेको थियो ।सिन्धुली पाठशालाले विद्यालय दोस्रो घर हो भन्ने विद्यार्थी तथा अभिभावकहरुलाई आभाष दिलाउन विभिन्न समयमा विभिन्न किसिमका जनचेतनामुल्क एवम सामाजिक कामहरु गर्दै आएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech