बरहथवा र धनकौलमा आगलागीबाट करिब तीन करोडको क्षति

284 Shares

सर्लाहीको बरहथवा नगरपालिका ७ स्थित बरहथवा बजारमा आगलागी हुँदा ठूलो मात्रामा धनमालको क्षति भएको छ।बरहथवा नगरपालिका ७ स्थित बजारमा सञ्चालन गरेको विभिन्न पसलमा आगलागी हुँदा करिब तीन करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बरहथवा नगरपालिका ७ स्थित बजारमा किसुन दासको घरमा नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको हो ।पूजा गर्न बालिएको दियोले आगलागी भएको प्रहरीले जनाएको छ। किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकोले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको अनुमान गरिएको छ । 
शुक्रबार राति करिब साँढे  ११ बजेबाट सुरु भएको आगलागी शनिबार बिहान करिब साँढे २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।स्थानीय बासि,सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका ४ धनगडामा एउटा घरमा भएको आलागिबाट करिब साँढे दुई लाखको क्षेती भएको छ ।
 धनकौल गाउँपालिका ४ धनगडाका जितु रायको दुई तले काठको घरमा पुजा गर्ने कोठामा बालिएको मैन बतीबाट आगोलागी भई कोटा भित्र रहेको फर्निचर र इलेक्ट्रीकका सामाग्रीहरुका साथै लताकपडा र सुनचाँदी  गरी करिब साँढे दुई लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार