Close This

माओवादी केन्द्र सर्लाहीको लालबन्दीका उम्मेदवार घरदैलो अभियानमा जुटे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१९ गते   ३०७३ पटक हेरिएको

माओवादी केन्द्र लालबन्दी नगरपालिकाका प्रमुखका उम्मेदवार बुढाथोकी घरदैलो अभियानमा

सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)ले घरदैलो अभियान तिब्र पारेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको तयारी गर्दै लालबन्दी नगरस्तरीय चुनाव प्रचार प्रसार कार्यालय र १७ वटै वडामा वडास्तरीय कार्यालय स्थापना गरेर चुनाव प्रचार प्रसारलाई तिब्रता दिएको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि सचिव एवम लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नेकपा(माओवादी केन्द्र)का मधेश प्रदेश अध्यक्ष प्रह्लाद कुमार बुढाथोकी माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार छन् भने नेकपा(एकिकृत समाजवादी) जिल्ला कमिटि सर्लाहीका सचिव गोविन्द प्रसाद अधिकारी नगर उप प्रमुख पदमा उम्मेदवार रहेका छन् । पछिल्लो समयमा आएर नगर प्रमुख र उप प्रमुख पदमा माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेपछि चुनावी गतिविधिलाई तिब्रता दिएका माओवादी केन्द्र लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्घा(अर्जुन)ले जानकारी दिनु भयो ।


लालबन्दी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार बुढाथोकी, उप प्रमुख पदका उम्मेदवार अधिकारी र १७ वटै वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरु अहिले चुनावी प्रचार प्रसारमा तिब्र रुपमा लागेका छन् । चुनावी आचार संहिताको ख्याल राख्दै चुनावी प्रचार प्रसारका साथै घरदैलो अभियानलाई आफुहरुले  शुरु गरेको लालबन्दी नगरपालिका १६ को वडा अध्यक्ष पदका उम्मेदवार एवम नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि उपा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिनु भयो । उहाँका अनुसार निवर्तमान वडा अध्यक्षहरु पनि अहिलेउम्मेदवार रहेका र केही वडामा नयाँ उम्मेदवार भएकाले चुनाव प्रचार प्रसारलाई तिब्रता दिइएको हो ।
माओवादी केन्द्र र एकिकृत समाजवादीले नगर प्रमुख र उप प्रमुख पदमा गठबन्धन गरेको भएपनि वडाहरुमा स्वच्छ प्रतिस्पर्धा गर्ने भएपछि दुवै दलका उम्मेदवारहरु तिब्ररुपमा चुनावमा होमिएका  छन् । माओवादी केन्द्रले लालबन्दी नगरपालिका १ मा देब नारायण महत्तो,लालबन्दी २ मा किरण पासवान,लालबन्दी ३ मा मुक्ति नारायण चौधरी,लालबन्दी ४ मा केदार काफ्ले,लालबन्दी ५ मा श्रबण कुमार  माझी,लालबन्दी ६ मा योग प्रसाद दाहाल ( भरत),लालबन्दी ७ मा शान्ता भण्डारी,लालबन्दी ८ मा शुक्र पाख्रीन,लालबन्दी ९ मा काजी खपाङ्गी मगर,लालबन्दी १० मा भोला आले मगर,लालबन्दी ११ मा ध्रुव भण्डारी,लालबन्दी १२ मा दुर्गा बहादुर आले,लालबन्दी १३ नेमा दोर्जे  योन्जन,लालबन्दी १४ मा पेमा सिंह लो तामाङ, लालबन्दी १५ मा गोरख बल,लालबन्दी १६ मा गणेश बहादुर थापा र लालबन्दी १७ मा बिष्णुहरि अधिकारीलाई  वडा अध्यक्षको उममेदवार बनाएको छ ।
अग्रजहरु र विज्ञहरुसँग छलफल गरी समृद्ध लालबन्दी,भ्रष्टाचारमुक्त लालबन्दी बनाउने माओवादी केन्द्र र एकिकृत समाजवादीको तर्फबाट गर प्रमुख पदका उममेदवार बुढाथोकीले बताउनु भयो । उहाँले आफ्नो चाहना समृद्ध लालबन्दी,भ्रष्टाचारमुक्त लालबन्दी बनाउने र शिक्षित,सव्य र समुन्नत लालबन्दी बनाउने चाहना राखेर नगर प्रमुख पदमा उम्मेदवारी दिएको बताउनुभयो । लामो समय देखि केन्द्रीय राजनितिमा रहनु भएका बुढाथोकीले आफ्ले नगर प्रमुख पदमा जिते समृद्ध लालबन्दी,भ्रष्टाचारमुक्त लालबन्दी बनाउने र शिक्षित,सव्य र समुन्नत लालबन्दी बनाउनुका साथै लालबन्दी नगरबासीका हरेक समस्यामा संघियता र स्थानिय सरकार रहेको महसुस गराउन सक्ने बताउनु भयो ।
उहाँले आफू निर्वाचित भएमा उद्यमशीलताको विकास गरी वैदेशिक रोजगारीमा गइरहेका युवाहरुलाई स्थानीय स्तरमै उद्यम गर्ने वातावरण सिर्जना गर्ने, विभिन्न धर्म, जातजाति, भाषा संस्कृतिको संरक्षण गर्दै लालबन्दीलाई देशकै नमूना शहर बनाउने योजना आफूहरुसँग रहेको कमलामाई मिडिया प्रा.लिसंग संक्षिप्त कुरा गर्दै बताउनु भयो ।
लालबन्दी नगरलाई कसरी समृद्ध नगर बनाउने,शिक्षित शहर बनाउने,स्थानिय युवालाई रोजगारी कसरी सृजना गर्न सकिन्छ भन्ने बारेमा अग्रजहरु र विज्ञहरुसंग छलफल गरी तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढाउने पनि बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech