म्याजिकबाट सडकमा खसेर यादव घाईते

282 Shares

सर्लाहीको लालबन्दी नगरपालि का २ स्थित नवलपुर मलंगवा सडक खण्डमा म्याजिकबाट सडकमा खसेर एकजना यात्रु घाईते भएका छन्।लालबन्दी नगरपालिका २ जुटपानी स्थित नवलपुर मलंगवा सडक खण्डमा ना १ ज ३८२३ नम्बरको म्याजिकमा सवार पर्सा गाउँपालिका २ का निरज यादव म्याजिकबाट सडकमा खसेर घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

4.jpg
प्रहरीका अनुसार म्याजिकबाट सडकमा खसेर घाईते भएका यादवलाई तत्काल उद्धार गरी लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लि.मा ल्याई उपचार भई रहेको छ ।उक्त ना १ ज ३८२३ नम्बरको म्याजिक र सोका चालक ईलका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन्।

Screenshot 2025-05-07 211839.png
जिल्लाबाट लामो तथा छोटो दुरीमा सञ्चालित यात्रु बाहक सवारी साधनहरुको अस्वस्थ्य प्रतिस्पर्धाका कारण दैनिक कुनै न कुनै पैदल यात्री तथा सवारी साधनमा सवार यात्रीहरु दुर्घटनाको सिकार हुने गरेका पाइएको छ ।जिल्लाबाट लामो तथा छोटो दुरीमा गरी करिब दुई सय वटा यात्रु बाहक सवारी साधनहरु सञ्चालन हुने गरेका छन् भने अस्वस्थ्य प्रतिस्पर्धाका कारण हरेक दिन कुनै न कुनै दुर्घटना हुने गरेको भएपनि सरोकारवाला निकाय त्यसको नियमनमा सुस्त देखिएका छन् ।

सम्बन्धित समाचार