पाहुना टाेली क्यामरुनसंग एपिएफ ३-१ गाेल अन्तरलेपराजित

2.3k Shares

सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार चाैथाे दिनकाे खेलमा पाहुना टाेली एभिनिर फुटबल क्लब क्यामरुनु  र विभागिय सशस्त्र प्रहरी बल( एपीएफ) क्लबलाई १-१ गाेलले बराबरी भए पछि खेललाई ट्राईबेकरमा लगिएको थियाे । 
शनिबार दिउँसो साँढे ३ बजेबाट बागमती नगरपालिका १२ काे स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको प्रतियोगितामा एभिनिर र एपिएफ विच निर्धारित समयमा १-१ गाेलकाे बराबरी भएपछि खेललाई ट्राईबेकरमा लगिएको हाे ।
 ए डिभिजन लिग खेलेकाे एपीएफ र अफ्रिकन खेलाडीहरुकाे मात्र एभिनिर फुटबल क्लब क्यामरुन बीचकाे खेल निकै प्रतिष्पर्धात्मक  भएको भए पनि ट्राईबेकरमा भएको खेलबाट एभिनिरले एपिएफलाइ ३-१ गाेलअन्तरले पराजित गर्दै एभिनिर क्वाटर फाईनलमा प्रवेश गरेकाे आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयाे । क्यामरुनकाे टिम दुईसाता अघिदेखि नै बागमती आएकाे थियाे । भने सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबका खेलाडीहरु शुक्रबार नै सर्लाही आएका  आयाेजक बागमती युवा क्लबका महा सचिब सागर मैनालीलाई जानकारी दिनुभयाे  । आईतबार हुने प्रतियोगितामा नेपाल आईस हिमालयन शेर्पा र पिप्ले युथ क्लबविच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएको छ ।प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद रु २५/२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे प्रतियोगितामा चैत २ गतेबाट १३ गते सम्म सञ्चालन हुने छ  ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत गरि १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा आयाेजक बागमती युवा क्लब,नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक र विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुनले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिनुभयाे ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग र केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएको छ । मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे प्रतियोगिता चैत २ गतेबाट १३ गते सम्म सञ्चालन हुने छ  ।

सम्बन्धित समाचार