करिब साँढे १२ लाखको भन्सार छलीको काजु सहित ट्रक नियन्त्रणमा

571 Shares

पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका १२ स्थित कर्मैयाबाट प्रहरीले करिब साँढे १२ लाख बराबरको भन्सार छलीको काजु सहित ट्रक नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका १२ स्थित ईलाका प्रहरी कार्यालय कर्मैया अगाडिको चेकपोष्टबाट ग २ ख १४१८ नम्बरको ट्रकमा भुस भित्र काजु लुकाई छिपाई काठमाण्डौँ तर्फ लैजाँदै गरेको अवस्था ट्रक सहित काजु गरी करिब रु ३७ लाख ३० हजार बराबरको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार कविलासी नगरपालिका ३ स्थित मदनपुरबाट काठमाण्डौ तर्फ जादै गरेको ग २ ख १४१८ नम्बरको परालको भुस लोड भएको मिनि ट्रकमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा आठ सय २० किलो अन्दाजी मुल्य रु १२ लाख ३० हजार बराबरको काजु सहित बरहथवा नगरपालिका १३ बसवरीयाका ट्रकका चालक अन्दाजी वर्ष ५६ का राजबंशी झा समेतलाई नियन्त्रणमा लिईएको हो ।उक्त काजु सहित ट्रक आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको छ ।
सर्लाहीमा यस्तै गतिविधिहरु नियन्त्रणमा लिन भन्दै सादा पोशाकमा प्रहरी कर्मचारीहरु खटाईएको भएपनि उनीहरु कमिसन बिक्दा गैर कानुनी कार्य गर्नेहरु कानूनी दायरमा आउन सकेका थिएन्।मधेश प्रदेशबाट सर्लाहीका लागि खटिएका सादा पोशाकका असई राम प्रवेश यादवलाई करिब एक साता पहिला मात्रै प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि तानेपछि सर्लाही प्रहरीले भन्सार छलीका सामानहरु नियन्त्रणमा लिन थालेको छ ।

सम्बन्धित समाचार