करिब २ किलो मिटर वि.पी राजमार्गको नामनिसाना मेटियो,दशैँ अघि बि.पी राजमार्ग सञ्चालन हुन नसक्ने

60 Shares

बिपी राजमार्गको करिब दुई किलोमिटर सडक खण्ड तीन दिनको वर्षापछिको बाढी पहिरोले प्रभावित भएको छ।सिन्धुलीको नेपाल थोकदेखि काभ्रेको रोशीसम्मको खण्डमा विभिन्न ठाउँमा पहिरोले सडक बगाएको हो।सिन्धुलीको नेपालथोकदेखि काभ्रेको रोशीसम्मको करिब ३० किलोमिटर सडकखण्ड मध्ये दुई हजार ५० मिटर सडक खण्ड पुर्णरुपमा क्षेतीग्रस्त भएको छ ।बिपी राजमार्गको सिन्धुलीको नेपालथोकदेखि काभ्रेको रोशीसम्मको करिब दुई किलोमिटर भन्दा बढी सडक बगाएको र त्यहाँ नयाँ ट्याक नै नयाँ खोल्नुपर्ने भएकाले दसैँअघि बिपी राजमार्ग सञ्चालन सम्भव नरहेको सडक विभागका सम्भार महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए ।
उनका अनुसार महोत्तरीको बर्दिवास देखि सिन्धुलीको नेपाल थोक सम्मको सडक सञ्चालनमा आई सकेको र मौसमले साथ दिएको अवस्थामा भकुन्डेबेँसी रोशी खण्डको अवरोध पनि चाँडै हटानेछरु।सिन्धुलीको नेपालथोकदेखि काभ्रेको रोशीसम्मको करिब दुई किलोमिटर सडक नयाँ बनाउनु पर्ने भएकाले थप बजेट व्यवस्थापन गरी खरिद प्रक्रिया अघि बढाएर काम गर्ने सडक विभागका सम्भार महाशाखा प्रमुख तथा उपमहा निर्देशक अर्यालले बताए ।
कालढुंगा र डालाबेँसी खण्डमा पाँच पाँच सय मिटर,चिउरीवास खण्डमा तीन सय मिटर,एक नम्बर पुल परिसरमा दुई सय ५० मिटर, नार्कबजारमा एक सय ५० मिटर, चौकीडाँडामा सय मिटर, दाउन्नेमा सय मिटर, माम्ती खोलामा सय मिटर र चारसय बेँसीमा ५० मिटर सडक र रोशी खोलाको पुल पनि बाढीले बगाएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ ।
तत्काल अवरुद्ध सडक खुलाउने र सडक पुनस्र्थापना गर्ने विषयमा विस्तृत रूपमै अध्ययन गर्नुपर्ने साथै अहिले सम्मपनि सिन्धुलीको नेपालथोकदेखि काभ्रेको रोशीसम्मको सडक निर्माणको लागि निर्माण सामग्री तथा मेसिन पु¥याउन नसकिएको उपमहा निर्देशक अर्यालले बताए। 
अझै पनि रोशी खोलामा पानीको बहाव सामान्य अवस्थामा नआएको साथै पानी कम भएको अवस्थामा त्यहाँ बगरमै वैकल्पिक मार्ग बनाउन सकिन्ने विभागले जनाएको छ ।एक सय ६० किलोमिटर लामो बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भएको थियो। २०५२ देखि निर्माण सुरु गरेको यो सडक २०७२ मा तयार करिब रु २६ अर्बको लागतमा निर्माण भएको थियो । 
देशभरका करिब साढे २१ किलोमिटर सडक क्षतिग्रस्त,सात पुल बगायो
दुई पहिरो र बाढीले देशभर गरेर साढे २१ किलोमिटर सडक क्षतिग्रस्त भएको सडक विभागको तथ्यांकमा उल्लेख छ। त्यस्तै,बाढीले सात पुल बगाएको छ,जसमा दुई बेलिब्रिज छन्।सुनकोशी नदीले मात्रै तीन पुल बगाएको छ। सुनकोशीमा रहेको खुर्कोट,सिन्दुरेटार र फोक्सिङटार पुल बगाएको हो।त्यस्तै, अरनिको राजमार्गको लिपिङ र लार्चा पुल बगाएको छ।लार्चाको पुल बेलिब्रिज हो।इलाम माईपोखरी सडकको रातेखोला पुल र पाँचथर हेवा खोलाको बेलिब्रिज पनि बगाएको विभागको तथ्यांकमा उल्लेख छ। 
राष्ट्रिय स्तरका सडक र पुलमा मात्रै दुई अर्ब ५२ करोडको बढीको क्षति 
बाढी पहिरोले सडक र पुलतर्फ गरी करिब रु दुई अर्ब ५२ करोड ५० लाखको क्षति पुगेको सडक विभागले जनाएको छ।विभागका अनुसार सडकतर्फ रु एक अर्ब ५० करोड ५० लाख,बेलिब्रिजतर्फ रु २० करोड र पुलतर्फ रु ८२ करोडको क्षति भएको होरु।तर,पुनर्निर्माणमा योभन्दा धेरै बजेट खर्च हुने विभागको अनुमान छ।यो राष्ट्रिय स्तरका राजमार्गमा भएको क्षति मात्रै हो।लगातार तीन दिन परेको वर्षाका कारण आएको बाढी पहिरोले तराईका जिल्लाहरुमा खासै क्षेती नपुर्एको पाइएको छ ।यता,जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखाले बुधबारबाट लगातर फेरी चार दिन भारी वर्षाहुने  जनाएको छ भने मौसमी विपद्बाट सुरक्षित रहन आग्रह समेत गरेकोछ 

 

सम्बन्धित समाचार