आगलागीबाट घाईते भएकी इश्वरपुर ६ की खातुनको उपचारको क्रममा मृत्यु

325 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ झन्झटटोलमा भएको आगलागीबाट घाईते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।इश्वरपुर नगरपालिका ६ झन्झटटोल निवासी अन्दाजी ३८ वर्षिया नैमुन खातुनको घरमा कात्तिक २५ गते ग्याँस सिलिण्डर लिक भइ आगलागी भएको थियो ।आगलागीबाट खातुन र उनकी अन्दाजी १९ वर्षिय छोरी आशो खातुन घाईते भएका थिए ।
आगलागीबाट छाति देखी तलको भाग अन्दाजी ७० प्रतिशत जलेको अवस्थामा स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौं लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार खातुनकी छोरी आशो उपचार पश्चात घर आई सकेकी छन् भने भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएकी खातुनको शव यो समाचार तयारपर्दा सम्म आवश्यक कानुनी प्रक्रिया पुरा गर्ने क्रममा रहेको छ । 

सम्बन्धित समाचार