गाेडैता ६ मा झडप,एकजनाकाे ज्यान गयाे

1.1k Shares

सर्लाहीको गोडैता नगरपालिका ६ मा गए राति भएको झडपमा एक जनाको ज्यान गएको छ । अरु चार जना घाइते भएका भएका प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब १० बजे दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा ढुंङ्गाले लागेर घाइते भएका स्थानीय अन्दाजी ६५ वर्षका रामकेबल रायको आईतबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइते भएका अन्य चार जनामध्ये एक जनाको जनकपुर र तीन जनाको सर्लाहीका स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको  छ ।
घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।

सम्बन्धित समाचार