सर्लाहीको लालबन्दीका ४ जना श्रमिक महिलाहरुलाई सम्मान गरिएको छ । १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवश( ८ मार्च) को अवसरमा आयोजीत कार्यक्रममा लालबन्दीका ४ जना श्रमिक महिलाहरुलाई सम्मान गरिएको अखिल नेपाल महिला संघ सर्लाहीले जनाएको छ ।
१११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवश( ८ मार्च) को अवसरमा लालबन्दी नगरपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा साहसी काम गरेको भन्दै सीता उप्रेती,देवी बल,तुलसा पुलामी र सरु कुमारी घलानलाई नगद रु १ हजार सहित खादा ओढाएर सम्मान गरिएको कार्यक्रमकी अध्यक्ष एवम लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले जानकारी दिनु भयो ।
महिलाको सुरक्षा,सम्मान र रोजगार,समृद्ध नेपालको आधार यस वर्षको १११ औँ अनर््तराष्ट्रि श्रमिक महिला दिवश(८ मार्च) को मुख्य नारा रहेको थियो । सर्लाही जिल्ला क्षेत्र नम्बर १(ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको विशिष्ट आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा सामाजिक संघ÷संस्था,सामाजिक अभियानकर्मीहरुका साथै विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यता,हरिपुर नगरपालिकाको सभा हलमा पनि १११ औँ अनर््तराष्ट्रि श्रमिक महिला दिवश(८ मार्च) को अवसरमा कार्यक्रमका गरिएको छ । नगर उप प्रमुख रेणुका काफ्लेको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सर्लाही जिल्ला क्षेत्र नम्बर १(ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा नगर प्रमुख जमरुदिन मन्सुरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । दिवशको अवसरमा सम्मान गर्नु पर्ने २ सय ८० जना भएपनि नगरले आज २० जनालाई सम्मन गरि कार्यक्रमको सुरुवात गरेको छ । बीस वर्ष कटेका अविबाहित किशोरीहरुलाई सम्मान गरिएको नगर उप प्रमुख काफ्लेले बताउनु भयो । बालबिबाह अन्त्य गर्ने उद्धेश्य अनुरुप नगरले नगर भित्र रहेको बीस वर्ष कटेका किशोरीहरुलाई सम्मान कार्यक्रम सुरु गरेको हो ।

त्यसैगरी मेची महाकाली बुहारी संयुक्त आवाज सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका १ को जनता माविको प्राङगणमा सरसफाई कार्यक्रम गरिएको मेची महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी संयोजक रमा काफ्लेले जानकारी दिनु भयो । कार्यक्रममा स्थानिय प्रहरी प्रशासनका साथै मेची महाकाली बुहारी संयुक्त आवाजका विभिन्न तह र तप्काका महिला अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।