Close This

शसस्त्र प्रहरीको कडा एक्सन,भन्सार छलीका कपडादेखि शंकास्पद मानिस सम्म नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-३० गते   ११८ पटक हेरिएको

सर्लाहीको त्रिभुवननगर सिमा क्षेत्रबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको ठूलो रकम सहित २ जना मानिस पक्राउ गरेको छ । ब्रम्हपुरी गाउँपालिका ४ स्थित नेपाल भारत सिमा क्षेत्रबाट शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगरको शसस्त्र प्रहरीको टोलीले भारतिय नम्बरको बिआर ३० जेड ४९२७ नम्बरको मोटरसाईकल सहित भारतबाट नेपाल तर्फ ल्याउदै गरेको स्रोत नखुलेको रकम रु ५ लाख ९० हजार र सितामणी सोनवर्षा ग्रामपञ्चायत १० वस्ने अन्दाजी वर्ष २५ को राम कुमार र सितामणी भलुवाह ग्रामपञ्चायत १० बस्ने अन्दावी वर्ष १८ को संजिव कुमार यादव रहेका छन् ।


त्यसैगरी शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगरको शसस्त्र प्रहरकिो टोलीले भन्सार छलीको कपडा बरामद् गरेको छ । ब्रम्हपुरी गाउँपालिका ४ स्थित नेपाल भारत सिमा क्षेत्रबाट शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगरको शसस्त्र प्रहरीको टोलीले बिआर ३० डि ०७३९ नम्बरको भारतिय मोटरसाईकलमा भन्सार छली नेपाल तर्फ ल्याँदै गर्दा अन्दाजी ७२ हजार ५ सयको कपडा र मोटरसाईकल गरि कुल रु २ लाख २ हजार ५ सय बराबरको साडी  बरामद् गरेकोे शसस्त्र प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरीका अनुसार मोटरसाईकलमा भन्सार छलीको कपडा लिएर आउँदै गरेका मानिस शसस्त्र प्रहरीलाई देखि कपडा र मोटरसाईकल छाडी भागेका छन् ।
त्यसैगरी सोही सिमानामा अवैध तरिकाबाट भारत जान लागेकी हरिवन नगरपालिका २ की अन्दाजी वर्ष २० की प्रमिला माझीलाइए नियन्त्रणमा लिएर माईती नेपालको जिम्मा लगाएको शसस्त्र प्रहरीले जनाएको छ । त्रिभुवननगर सिमाबाट भारत जान लागेकी माझीलाई शंका लागि चेकजाँच गर्दा शंकास्पद जवाफ दिएपछि नियन्त्रणमा लिएर माईती नेपालको जिम्मा लगाइएको शसस्त्र प्रहरीले जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech