सर्लाहीको बलरा ३ का वडा अध्यक्ष मिश्र प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-२२ गते   ४५१ पटक हेरिएको

सर्लाहीको  बलरा स्थित रहेको  ईलाका प्रहरी कार्यालय बलरामा ढुंगामुढा र ताेडफाेड गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँमा भएको लुटपाटमा संग्लग्न मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिए पछि छुटाउन भन्दै दलवल लिएर गई प्रहरी कार्यालयमा ढुंगामुढा र ताेडफाेड गर्ने नाईके बलरा नगरपालिका  ३ का वडा अध्यक्ष आनन्द मिश्रलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार वडा अध्यक्ष  मिश्रले ईलाका प्रहरी कार्यालय बलरामा आफ्ना टोलका माछेलाई नियन्त्रणमा राखेको र छोड्दिन भन्दै आएकामा छलफल गरि छाड्ने बताउँदा पनि स्थानीयलाई उठाएर ल्याई प्रहरी कार्यालयमा ढुंगा मुढा प्रहार गर्नुकाे साथै ताेडफाेड गर्दै गर्न थालेपछि नियन्त्रणमा लिएको हो। 
बिहिबार बरहथवाका दुई जना युवा बलराबाट बरहथवा आउने क्रममा बलारामै स्थानीय सतन राय सहितका मानिसहरुले  मोबाइल र सिक्री लुटेका प्रहरीलाई खबर गरे पछी प्रहरीले उनीहरुलाई  साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।
त्यसपछि वडा अध्यक्ष मिश्र चौकीमा पुगेर उनीहरुलाई राति नै छोड्न भनेका थिए, प्रहरीले अहिले छोड्न नमिल्ने हामि भोलि यो बिषयमा छलफल गरौला भने पछि उनि आक्रोशित हुँदै राति ३ बजे स्थानियहरुलाई लिएर चौकीमा ढुंगा मुढा गर्न थालेको र त्यस पछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ढुंगा मुढा रोक्ने क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन्। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech