सर्लाहीको लालबन्दी नगरपालिकाले १५वेडको नगर अस्पताल निर्माण गर्ने भएको छ । लालबन्दी नगरपालिकाको वडा नम्बर १,२,६,७,९र १७ मध्य जहाँ निःशुल्क जग्गा उपलब्ध हुनासाथ नगर अस्पताल निर्माणको काम सुरुगरिने लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिनु भयो ।
नगर भित्रकानागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन बाहिर जानु नपरो.स भनेर नगर अस्पतालनिर्माण गर्ने योजना बनाएको नगर प्रमुख अधिकारीले बताउनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिकाको वडा नम्बर १,२,६,७,९ र१७ मध्य जहाँ निःशुल्क १५ कठ्ठा जग्गा उपलब्ध हुन्छ त्यँही नगर अस्पताल निर्माण गर्नजग्गादाताहरुसंग जग्गा माग भएको छ ।लालबन्दी नगरपालिका सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाको समेत सहज पहुँचमा रहेको र विरामीको चाप जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भन्दा लालबन्दीमा बढी रहेको अवस्थालाई मध्य नजर गर्दै नगर अस्पताल निर्माणको योजना बनाएको नगर उप प्रमुख कल्पना पाख्रिनले बताउनु भयो ।
नगरपालिकालेएक सुचना जारी गरी एकल,संयुक्त वा संस्थागत रुपमा एक महिना भित्र जग्गा निःशुल्क उपलब्ध भएमा तत्कालै नगर अस्पताल निर्माण प्रक्रियामाजाने लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकियअधिकृत बासुदेव तिमल्सेनाले बताउनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिकाको जग्गाअधिग्रहण सक्बन्धी कार्यविधि २०७८ को अनुसुचि १ बमोजिमको ढाँचामा सिलबन्दीनिवेदन पेश गर्न जग्गा दाताहरुसंग अनुरोध गरिएको छ ।निवेदनकासाथमा जग्गा धनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि,संस्थागत जग्गाको हकमा संस्थाकोआधिकारीक निर्णय र पत्र,जग्गा धनी प्रमाण पत्र(लालपुर्जा)को प्रतिलिपि,जग्गाको विवरण रकिक्ता खुलेको नक्सा र जग्गा दिन इच्छुक भएको मन्जुरी नामा सहितको निवेदन पेश गर्ननगरपालिकाले सुचना मार्फत आग्रह गरेको छ ।