सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । घ्याङ्लेख गाउँपालिका ४ को चौकीडाडामा र वडा नम्बर ५ को सिंपालमा नेपाल टेलिकमको टावर निर्माण हुने भएको हो ।
टावर नहुदा सुचना तथा सन्चार क्षेत्रबाट पछाडी परेको घ्याङ्लेख गाउँपालिकाको वडा नम्बर ४ को चौकीडाडा क्षेत्र र वडा नम्बर ५ रामपुरमा अबको केहि समयमै नेपाल टेलिकमको टावर निर्माण हुने घ्याङ्लेख गाउँपालिका ५ का वडा अध्यक्ष विष्णु कुमार कर्माचार्यले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो । लकडाउन र वर्षातको कारण काम सुरु हुनुमा केही ढिलाइ भएको अध्यक्ष कर्मचार्यले बताउनुभयो । उहाँका अनुसार अब छिट्टै नै काम सुरु हुनेछ ।
टावर नहुँदा त्यस ठाउँका स्थानिय सुचना तथा सन्चार क्षेत्रबााट बन्चित भएका थिए भने समस्या परेको र आवश्यक पर्दा मोबाईल फोनबाट पनि कुराकानी गर्न धेरै समस्या हुने गरेको थियो । आफुहरुको नै पहलमा अब गाउँमै टावर बन्ने भएपछि वडा नम्बर ४ र ५ का स्थानिय हर्षित भएका छन् ।
उक्त टावर निर्माण सम्पन्न भएपछि घ्याङ्लेख गाउँपालिकाको वडा नम्बर ३, ४, ५ महाभारत गाउँपालिकाको वडा नम्बर ८ र मरिण गाउँपालिकाको खलंगा, मधुवनिका स्थानियबासीहरुले लाभ लिन सक्ने वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो ।