कमिसनको आडमा आफूखुसी गर्दै गापा अध्यक्ष महतो,अदालतको आदेशको समेत अवज्ञा

416 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका का अध्यक्षले उच्च अदालतको आदेशको समेत अवज्ञा गर्दै कमिसनको आडमा आफूखुसी निर्णय गर्दै आएका पाइएको छ।उच्च अदालत जनकपुरले चन्द्रनगर गाउँपालिका तथा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतो र चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीको नाममा जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै परापुर्व कालदेखिको बजार विस्थापित गर्ने,एक सय १२ फिटको फिल्ड बुक भएको बाटो अतिक्रमण गर्ने तथा सार्वजनिक र सरकारी जमिन अतिक्रमणको काम सुरु गरेपछि स्थानीयले सो रोक्न भन्दै उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए। सोही रिटमा उच्च अदालतले चन्द्रनगर गाउँपालिका तथा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो र चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष चौधरीको नाममा जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै रातीको समयमा समेत काम गरेको स्थानीयले बताएका छन् ।

a3.jpeg
एक सय १२ फिटको फिल्ड बुक समेत भएको उत्तर दक्षिण हुलाकी सडक तथा सार्वजनिक जमिन अतिक्रमण गर्न गाउँपालिका अध्यक्ष महतो सहितको टिम लागेपछि  सार्वजनिक सम्पतीको संरक्षण गर्न मुलुकी देवानी संहिता २०७४ को दफा २६७ र ३०७ ले सरकारी तथा सार्वजनिक बाटो अवरोध हुने गरी कोही कसै,कुनै व्यक्ति वा संस्थाले काम गर्न नपाउने वा नहुने र सोही संहिताको दफा २९९ ले सरकारी एवम दफा ३०० ले सार्वजनिक जग्गाको सडक बाटोलाई राखेको अवस्थामा यसरी सार्वजनिक बाटो अवरोध हुने गरी वाउण्ड्री वाल लगाउन खोज्नु गलत भएको भन्दै स्थानीय सुरेश कुमार साहले उच्च अदालत जनकपुरधामा गाउँपालिकाको कार्यालय, गाउँपालिका अध्यक्ष महतो र गाउँपालिका ७ का वडा अध्यक्ष चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

a1.jpeg
 सोही रिट उपर सुनुवाई गर्दै उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको भएपनि सो आदेशको अवज्ञा गर्दै काम गरि रहेका पाइएको छ।गाउँपालिकामा सञ्चालित विभिन्न विकास योजनामा अनियमितता गर्दै आफ्ना निकट ठेकेदार र व्यवसायीहरुलाई फाइदा पुग्ने गरी निर्णय गर्ने र कमिसन असुल्ने काममा माहिर मानिएका चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले उच्च अदालतमा पेश गरेको सर्वदलिय सर्व पक्षीय बैठक पुस्तीकामा सो बैठक बस्नु पहिलै मृत्यु भएका जय करण सिंह र विष्णुलाल हाडा सहितको हस्ताक्षर समेत रहेको पाइएको छ।गाउँपालिका भित्रका लेखपढ् गर्न नजान्नेहरुको समेत हस्ताक्षर भएको पाइएपछि विशेष खोजतलास गर्ने क्रममा गाउँपालिका अध्यक्ष महतोले पहिला अन्य कुनै प्रयोजनका लागि बसेको  बैठक पुस्तिकाको हस्ताक्षर स्क्यान गरेर राखि पछि अदालतमा पेश गरेका पाइएको हो ।गाउँपालिकामा बसेको सर्व पक्षिय सर्व दलिय बैठकमा सार्वजनिक तथा सरकारी बाटो,घाटो तथा बजारलाई विस्थापित गर्न नहुनेकुरा उठेपनि गाउँपालिका अध्यक्ष महतोले सो कुरालाई वेवास्था गर्दै आफुखुसी काम गरेका स्थानीयको भनाई छ ।

a2.jpeg
स्रोतका अनुसार,उच्च अदालत जनकपुरले अल्पकालीन अन्तरिम आदेश जारी परेपछि पनि गाउँपालिका अध्यक्ष महतोले केही निर्माण व्यावसायीहरुको मिलेमतोमा ठूलो कमिसनको प्रलोभनमा परेर उक्त कामलाई निरन्तरता दिइ रहेका छन्।भने निवेदकलाई आर्थिक प्रलोभन देखाएर मुद्धा फिर्ता लिन दवाव दिएका समेत पाइएको छ ।

sa.jpeg
गाउँपालिकामा सञ्चालित योजनाहरुबाट चर्काे कमिसन असुल्न नपाएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरी गाउँपालिकाका इन्जिनियर राजेश कुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाई कमिसन असुलीमा मस्त रहेका गाउँपालिका अध्यक्ष आफ्नो स्वार्थ परिपुर्तिका लागि कुनैपनि कसर बाँकी नराख्न तयार रहने गरेका समेत पाइएको छ ।

saa.jpeg
चन्द्रनगर गाउँपालिकाका अन्य जनप्रतिनिधिहरुले गाउँपालिका अध्यक्ष महतोको यस प्रकारका हर्कतहरुको पटक पटक विरोध गरेका भएपनि त्यसको प्रतिफल कुनै आएको छैन् ।“अदालतको आदेशलाई बेवास्ता गर्दै,आफ्ना मान्छेहरूलाई आर्थिक लाभ पुग्ने गरी निर्णय तथा काम गर्नु पूर्ण रूपमा गलत हो।यसले कानुनी शासनलाई नै चुनौती दिएको छ।”चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन्। उनका अनुसार गाउँपालिकामा सञ्चालित ठूला परियोजनाहरू गाउँपालिका अध्यक्ष महतोको स्वार्थसिद्धिका लागि दुरुपयोग भइरहेका छन्। अदालतले दिएको आदेशको अवज्ञा गर्नु कानुनी रूपमा दण्डनीय अपराध भए पनि अध्यक्ष महतोका विरुद्ध अहिलेसम्म कुनै ठोस कारबाही भएको छैन।

saa.png
गाउँपालिका अध्यक्ष महतोले उच्च अदालतमा लगाएको प्रति उत्तरमा करिब ८० प्रतिशत काम सकिएको बताए पनि करिब १० प्रतिशत मात्रै काम भएको छ।भने रोडमा डिभाईडर बनाउन लागिएको बताए पनि गेट समेत बनाएपछि उनको जवाफको प्रति उत्तर बनावटी रहेको प्रष्ट भएको स्थानीयको भनाई छ।स्थानीयका अनुसार डिभाईर बनाएको बताउने गाउँपालिका अध्यक्ष महतोले करिब १८ फिट अग्लो पिलर र करिब १८ फिट अग्लो वाउण्ड्री वाल लगाएका छन् ।यस विषयमा अध्यक्षसँग प्रतिक्रिया माग्दा उनले आफूले कुनै गल्ती नगरेको दाबी गरे। उनले भने, “हामी गाउँपालिकाको विकासका लागि काम गरिरहेका छौँ।केही तत्वहरू षड्यन्त्र गरेर बदनाम गर्न खोजिरहेका छन्।”

a4.jpeg
तर,स्थानीय प्रशासन र सरोकारवाला निकायहरूले यस विषयमा गम्भीर ध्यान नदिए गाउँपालिकाको आर्थिक पारदर्शितामा थप प्रश्न उठ्नुका साथै सार्वजनिक तथा सरकारी जमिनको अतिक्रमण दिनानुदिन बढ्दै जाने छ।कानुन व्यवसायीहरूले अदालतको आदेशको अवज्ञा गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

ng.jpeg

 

सम्बन्धित समाचार