फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा(एमाले)सर्लाहीले प्रत्यक्ष तर्फ दश जनाको नाम सिफारिस गरेको छ।सर्लाही क्षेत्र नम्बर १ बाट इश्वरपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख मनोज कुमार देवकोटा,क्षेत्र नम्बर २ बाट अक्षयलाल साह,धर्मेन्द्र राय र चाँदनी खातुन,क्षेत्र नम्बर ३ बाट निवर्तमान रक्षा मन्त्री हरि प्रसाद उप्रेती र क्षेत्र नम्बर ४ बाट राम चरित्र सहनी,मोदन साह र आनन्द कुमारी पोखरेलको नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको नेकपा(एमाले) सर्लाहीका सह सचिव प्रकाश थापाले जानकारी दिए।उनका अनुसार क्षेत्र नम्बर १ बाट देवकोटा र क्षेत्र नम्बर ३ बाट उप्रेतीको एकल नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको हो ।
तर एमालेका नेता कृष्ण दाहालले उप्रेतीसहित आफ्नो नाम पनि क्षेत्र नंं. ३ बाट सिफारिस भएको भन्दै भ्रम छरी रहेका छन् ।त्यसैगरी सर्लाहीबाट सर्मिला कुमारी यादव र रुही नाज गरी दुई जनाको नाम समानुपातिक तर्फ सिफारिस गरिएको एमाले सर्लाहीले जनाएको छ।यो सँगै एमाले सर्लाहीले चारवटै निर्वाचन क्षेत्रबाट फागुन २१ को चुनाव लड्ने प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।