Close This

जानकीनगर साझेदारी वनबाट सालको तस्करी,सम्बन्धित निकाय मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१९ गते   ३५ पटक हेरिएको

जिल्लाको हरिपुर–१ र हरिवन–६ मा पर्ने जानकीनगर साझेदारी वनमा सालको चोरी तस्करी बढेको छ । साझेदारी वनका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुख कटान गरेर तस्करी भइरहेको पाइएको छ ।
घना जंगलमा तस्करले छानीछानी सालका रुख काटि तस्करी गरि रहँदा पनि साझेदारी वनका कर्माचारीहरु मौन देखिएका छन्  तस्करी बढेको साझेदारीका कर्माचारीहरुलाई जानकारी नभएको पनि होइन तर वनमा गस्ती समेत नबढाउदा साझेदारी वनका पदाधिकारीहरुकै मिलेमतोमा काठ तस्करी भएको स्थानियले आरोप लगाएका छन् । उनिहरुले वनमा कटान भइरहँदा समेत वन कार्यालय र साझेदारीका पदाधिकारी मौन बसेका छन् ।
हरिपुरको जानकीनगर र हरिवनको घुर्कौलीको बीचमा रहेको करिब १ हजार २ सय हेक्टर क्षेत्रफलमा फैलिएको जंगलमा तस्करले अहिले जथाभावी सालका रुख काटिरहेका छन्।  तस्करहरू दिनहुँ सालका रुख काटेर टुना बनाई साइकलमा लोड गरेर तस्करी गरिरहेको स्थानीयले बताएका छन् ।
गस्ती गर्न सहज भएपनि वनका कर्मचारी र वन साझेदारी समितिले चासो नदेखाएका स्थानियले बताएका छन् । वन क्षेत्रमा गस्ती नभएकै कारण वनमा चोरी तस्करी बढेको सो क्षेत्रका  स्थानीयले बताएका छन् । सम्बन्धित निकायको मिलेमतोमा काठ तस्करी मौलाएको आरोप स्थानियले लगाएका छन् ।
‘वन कर्मचारी र साझेदारीका पदाधिकारीको सहमति बिना काठ तस्करी सम्भव नै छैन,’ भने ‘सहज ठाउँमा पनि गस्ती नगर्नु र जंगलको काठ सजिलै चोरी तस्करी हुनुमा मिलेमतो रहेको स्पष्ट हुन्छ।’ एक स्थानियले बताए । तस्करले सालका टुना बनाई साइकलबाट ओसारेर लगी ट्याक्टर र टायरगाडामा लोड गरेर लाने गरेको स्थानीयले बताएका छन् । 
जानकीनगरको जंगलमा रुख कटान भइरहेको आफूलाई कुनै जानकारी नरहेको साझेदारी वन समितिका अध्यक्ष रामविश्वास रायले बताएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले रुख कटान भइरहेको थाहा पाएर पनि थाहा नपाएजस्तो गरिरहेको स्थानीयको आरोप छ ।यता,साझेदारी वन समितिका अध्यक्ष रायले राजनैतिक आडमा साझेदारी वनमाथी निजी कब्जा जमाएका स्थानियले बताएका छन् । 
डिभिजन तथा सब डिभिजन वन कार्यालयले कर्मचारी अभावका कारण वनमा गस्ती गर्न नसकिएको बताएको छ । ‘सब डिभिजन जानकीनगरमा जम्मा ८ जना कर्मचारी छौं, जसमध्ये ३ जना चुरेका लागि राखेका छौं, ५ जना राजमार्गभन्दा तलको जंगल हेर्छौं,’ सव डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत सुवास प्रसाद साहले बताउनु भयो । जसको फाईदा तस्करहरुले उठाएका हुन सक्छन् । साहल बताउनु भयो ।
सिमित कर्मचारी भएपनि साउन यता १ सय ५० सिएफटी काठसहित दुई ट्याक्टर, तीन साइकलसहित ५ मानिसहरुलाई पक्राउ गरिएको साहले बताउनु भयो ।  डिभिजन वन कार्यालयका प्रमुख माधवप्रसाद देवले जंगलमा पेट्रोलिङ गरिरहेको दाबी गर्नु भयो । उहाँले रुखहरू कटान भएको क्षेत्रमा निरन्तर निरीक्षण गर्ने जानकारी दिनु भयो तर डिभिजन वन कार्यालयका कर्माचारीहरुकै मिलेमतोमा जिल्लाका विभिन्न वनहरुबाट काठ तस्करी निरन्तर भई रहेको स्थानियले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech