काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिनभर बिजुली जाने

पत्र पत्रिका    प्रकाशित: २०८०-४-५ गते   ४३६ पटक हेरिएको

काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली अवरुद्ध हुने भएको छ ।

टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले भोलिलाई विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

टेकु सबस्टेसनको पावर ट्रान्सफर्मर बन्द गरिने भएकाले निम्त स्थानहरूमा बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ४ सम्म बिजुली बन्द हुने प्राधिकरणले सूचनामार्फत् जनाएको छ ।

हेर्नुहोस सूचना

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech