दुधौली नगरपालिका ४ डकाहाबाट भरुवा बनदुक सहित ५ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-८ गते   २७८२ पटक हेरिएको

सिन्धुलीको दुधौली नगरपालिका ४ डकाहाबाट भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीको गस्ती टोलीले दुधौली नगरपालिका २ जलकिनी र तीनचम्केका ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घर तथा गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्दै आएको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता मनोजकुमार लामाले जानकारी दिनुभयो ।
दुधौली नगरपालिका–२ जलकिनी र तीनचम्केका अन्दाजी ५० वर्षीय नरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुडाबहादुर राउत, ७२ वर्षीय जितबहादुर बरैमगर र ४० वर्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता लामाले जानकारी दिनुभयो । उनीहरुलाई प्रहरीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech