Close This

थप २५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४२७ पुग्यो

पत्र पत्रिका    प्रकाशित: २०७७-२-७ गते   ३८१ पटक हेरिएको

बुधबार थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। जसमध्ये पुरुष ३५८ र महिला ६९ छन्। 

बुधबार संक्रमित हुने बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म गरेर २५ जना छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार सात महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। यसरी पोजिटिभ देखिनेमा बाँकेका ६, धनकुटाका पाँच, कपिलवस्तुका १३ र नवलपरासी पश्चिमका एकजना छन्। 

प्रवक्ता देवकोटाका अनुसार बाँकेका संक्रमित ६ जनामध्ये १७, २० २८, ३० र ४० वर्षीय  पाँच पुरुष नरैनापुरका हुन् भने अर्का २७ वर्षीय पुरुष खजुराका हुन्। धनकुटामा पाँच संक्रमितमध्ये एक महिला र चार पुरुष छन्। २८, २९, ३५, ३७ वर्षीय पुरुष र २४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो। 

त्यसैगरी कपिलवस्तुका थप १३ जना संक्रमितमध्ये ३, ४ र ६ वर्षीय बालबालिका,  १६ २५ र ३२ वर्षीया महिला, २२, ३५, ४८, १२, २० र २४ र ३४ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी बुधबार नवलपरासी पश्चिमका एक २६ वर्षीय पुरुषमासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए। 

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४  र आरडीटी ७५ हजार ७२  जनाको कोरोना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८  र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन्।  

बुधबार विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत आठजना डिस्चार्ज भएका छन् । उपचाररत आठ जना पुरुषको पीसीआर नतिजा नेगेटिभ आएपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनीहरु २९ देखि ३३ दिनदेखि स्पतालमा उपचार गराइरहेका थिए । योसँगै डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ। मृतकको संख्या दुई छ भने संक्रमितको संख्या ४२७ पुगेको छ ।http://annapurnapost.com/

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech