उच्च अदालत जनकपुरको अन्तरिम आदेशका कारण हरिवन ७ मा पुन ः मतगणना नहुने,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१० गते   ११९८ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ७, मा पुनः मतगणना गर्नु नपर्ने भएको छ । उच्च अदालत जनकपुरले निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि पुनः मतगणना गर्नु नपर्ने भएको हो । 
स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० अन्तर्गत हरिवन नगरपालिका ७, मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार अशोक थापाको पक्षमा ३ सय ७८ र विपक्षी नेकपा एमालेका उम्मेदवार निरध्वज कार्कीको पक्षमा ३ सय ७९ मत आएको थियो ।  आफन उम्मेदवारलाई पहिला विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेपछि र्याली लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका उनिहरु एमालेका उम्मेदवार वजियी भएको थाहा पाएपछि आक्रोसीत बनेका थिए ।
आक्रासीत भएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले केही समय पुर्व पश्चीम लोकमार्ग अन्र्तगत हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा टायर वालेर विरोध समेत गरेका थिए । उनिहरुले निर्वाचन आयोगले घोषणा गरेको कार्य त्रुटिपूर्ण रहेको हुँदा एमालेका कार्कीलाई वडाध्यक्षका रुपमा निर्वाचित गर्ने कार्य वदर गरी पुन ः मतगणनाको माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दिएका थिए ।
 उच्च अदालत जनकपुरले निर्वाचन आयोगद्वारा एक मतको मतान्तरले कार्की वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा भएको र निर्वाचित वडाध्यक्षलाई पदअनुसार काम गर्न रोक्दा त्यसबाट आम नागरिक र सरोकारवालाहरुले वडाध्यक्षबाट लिनुपर्ने सेवाहरुबाट बञ्चित हुनुपर्ने अवस्था श्रृजना हुन जाने भएकाले अन्तरिम आदेश दिन नमिल्ने उल्लेख गरेको पछि पुनः मतगणना नहुने भएको हो। आफ्ना उम्मेदवार एक मतले मात्रै पराजित भएपछि मतपरिणाम घोषणा हुनासाथ नेपाली कांग्रेसले हरिवनस्थित मतणनास्थल इलाका प्रशासन कार्यालय अगाडि नाराबाजीसहित पूर्व–पश्चिम लोकमार्गमा टायर बालेर चक्काजाम समेत गरेको थियो । गर्नुका साथै मतगणना कार्यमा केही समय अवरोध समेत गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech