कविलासी नगरपालिकाको वेवास्था र ठेकेदारको लार्पबाहीका कारण अस्पताल निर्माण कार्य अलपत्र

एसपि गौरव    प्रकाशित: २०८०-६-५ गते   ३९७ पटक हेरिएको

सर्लाहीको कविलासी नगरपालिका ५ स्थित रनियामा रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैयाँ ४९ पैसामा सुरु गरिएको १५ शैयाको आधारभुत अस्पताल निर्माण कार्य अलपत्र परेको छ ।कविलासी नगरपालिकाले २०७९ असार १३ गते मिशन–डि एण्ड एन जेभी,बानेश्वर १०,काठमाण्डौसंग रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैयाँ ४९ पैसामा १५ शैयाको आधारभुत अस्पताल निर्माणको ठेक्का सम्झौता गरेको भएपनि अहिले निर्माण कार्य अलपत्र परेको हो 
सर्लाहीको कविलासी नगरपालिका ५ स्थित रनियामा रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैयाँ ४९ पैसामा सुरु गरिएको १५ शैयाको आधारभुत अस्पताल निर्माण कार्य अलपत्र परेको छ ।कविलासी नगरपालिकाले २०७९ असार १३ गते मिशन–डि एण्ड एन जेभी,बानेश्वर १०,काठमाण्डौसंग रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैयाँ ४९ पैसामा १५ शैयाको आधारभुत अस्पताल निर्माणको ठेक्का सम्झौता गरेको भएपनि अहिले अस्पताल भवनको जग हालेर भवन निर्माणको काम अलपत्र छाडिएको छ ।
केठेदारको लार्पबाही र नगरपालिकाको वेवास्थाका कारण अस्पताल निर्माण कार्य अलपत्र परेको कविलासी नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष राज किशोर रायले बताए ।त्यसैगरी नगरपालिकाले ठेक्का लागेको १० महिना जो सुख्खा समय थियो त्यो समयमा भुक्तानी नदिनु अनि असार साउनमा भुक्तानी दिन नै नगरपालिका र ठेकेदार मिलेर भ्रष्टाचार गरेको प्रमाणित हुने कविलासी नगरपालिकाका निवर्तमान नगर प्रमुख कौशल किशोर यादवको भनाई छ ।
ठेक्का लागेको १४ महिनाको अवधिमा आधारभूत अस्पताल निर्माणको काम जग मात्र हालिएको र रड वर्षाले डुबानमा परेपछि खिया लाग्न थालेको भएपनि निर्माण कार्यले गति लिएको छैन् ।कविलासी नगरपालिकाले २०७९ असार १३ गते कार्यादेश दिइ २०८२ असार १५ गते भित्र तोकिएको गुणस्तरमा कार्यसम्पन्न गर्न  मिशन– डि एण्ड एन जेभी,बानेश्वर १०,काठमाण्डौसँग सम्झौता गरेको थियो ।तर मिशन– डि एण्ड एन जेभी,बानेश्वर १०,काठमाण्डौँले रेडियम कन्स्ट्रक्सन प्रा.लि जनकपुरलाई पेटीमा दिएको थियो ।अहिले १ वर्ष २ महिना बितिसक्दा पनि अस्पताल निर्माणको काम जग मात्रै भएको छ ।भने करिब रु ३ करोड ७० लाख रकम निर्माण कम्पनीले लगि सकेको छ ।
अस्पताल भवन निर्माणको सवालमा व्यापक गुनासो आउन थालेपछि नगरपालिकाले भदौ २६ गते मिशन–डि एण्ड एन जेभीलाई अविलम्ब कार्य सुचारु गर्न पत्राचार गरेको थियो । निर्माण कम्पनीले काममा ढिला सुस्ती गरेको र मौखिक रुपमा बारम्बार ताकेता गर्दा समेत अटेर गरेकाले सात दिन भित्र कार्य अनिवार्य सुचारु गर्न पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।
अस्पताल भवन निर्माण १ वर्ष २ महिना हुँदा पनि निर्माणको काम सुस्त र लिएको रकम अनुसारको नभइ काम नहुनुमा नगरपालिकाको पनि मिलेमतो रहेको स्थानीयले आरोप लगाउन थालेका छन् ।अस्पताल निर्माण कार्य सन्तोषजनक नहुनुमा ठेकेदार कम्पनीको बदमासी रहेको र यही विषयलाई लिएर विपक्षीले आफूलाई बदनाम गराउने प्रयास गरेको कविलासी नगरपालिकाका नगरप्रमुख ब्रम्हदेव रायको भनाई छ ।
अस्पताल निर्माणमा लापरबाही गर्न ठेकेदारलाई छुट दिने कार्यमा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत,लेखाका कर्मचारी र प्राविधिकको मिलेमतो रहेको स्थानीयको आरोप छ । कविलासी नगरपालिकाको ठूलो योजना अस्पताल निर्माण रहेको भएपनि सम्झौता लगत्तै काम सुरुवात नगर्नु र पछि निर्माण कम्पनीले काम गरेको डेढ महिनामा नै ४ करोड रकम भुक्तानी दिनुले नगरपालिकाको मिलेमतोमा भ्रष्टाचार भएको आशंका सहजै गर्न सकिन्छ ।हाल अस्पताल निर्माणमा हालसम्म करिब रु ६० लाख मात्र खर्च भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech