नेकपा माओवादी(केन्द्र)की केन्द्रीय सदस्य स्व.माया वलको दोस्रो स्मृति कार्यक्रम सम्पन्न भएको छ ।माओवादी केन्द्र सर्लाहीको आयोजनामा हरिवनमा भएको स्व.वलको स्मृति कार्यक्रममा उपस्थित माओवादी केन्द्रका नेताहरुले स्व.वल सर्लाहीको कम्युनिस्ट आन्दोलनकी अग्रणी महिला नेतृ,सर्वहारा वर्ग,दलित र सुकुम्बासीहरूको पक्षमा जहिले पनि दृढतापूर्वक उभिएकी एक साहसी महिला नेतृको रुपमा चर्चा गरेका माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।उनका अनुसार सहभागी माओवादी केन्द्रका नेताहरुले स्व.वलले जनयुद्धमा खेलेको भूमिका महत्वपूर्ण र प्रेरणादायी हुनुका साथै उनको योगदान र त्यागलाई पछ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्मृति कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रह्लदा कुमार बुढाथोकी,केन्द्रीय सदस्य एवम सर्लाही ईन्चार्ज अच्युतम प्रसाद काफ्ले,मधेस प्रदेश कमिटि सदस्य एवम बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,प्रादेश कमिटि सदस्य राज कुमार यादव,माओवादी केन्द्रका नेता एवम मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुकाे विशेष उपस्थिति रहेको थियाे ।