Close This

ठुलो परिमाणमा अवैध लागु औषध सहित ४ जना पक्राउ

रासस    प्रकाशित: २०७६-११-२ गते   ३०३८ पटक हेरिएको

सर्लाहीको ईश्वरपुरबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामत गरेको छ । ईश्वरपुर नगरपालिका १३ नम्बरको श्रीनगरबाट अवैध लागु औषध नाइट्रोभ्याट,स्पास्मो र  प्रहरीले बरामत गरेको हो ।
ईश्वरपुर नगरपालिका १३ नम्बरको श्रीनगरबाट अवैध लागु औषध नाइट्रोभ्याट १० लेखिएको ३ सय  ट्याब्लेट,स्पास्मो  १ सय ४४ ट्याब्लेट र एक्सप्लोन सिरफ ५ हजार १ सय मिलिलिटर बरामत गरेको ईलाका प्रहरी कार्यलय केशरगंन्ज बयलवासले जनाएको छ ।


बुधबार दिउँसो गस्ती गर्ने क्रममा ईश्वरपुर नगरपालिका १३ नम्बरको श्रीनगरबाट सो परिमाणको अवैध लागु औषध बरामत गरेको ईलाका प्रहरी कार्यलय केशरगंन्ज बयलवासका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार सो परिमाणको लागू औषध सहित ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा महोतरीको बर्दीबास नगरपालिका २ का अन्दाजी वर्ष २० का खगेन्द्र महतो, बर्दीबास नगरपालिका ३ का अन्दाजी वर्ष २० का सुजित मगर, बर्दीबास नगरपालिका १ बस्ने वर्ष अन्जादी २२ का सरोज बलम्पाकी मगर र बर्दीबास नगरपालिका १४ का वर्ष अन्दाजी ३१ का दिल बहादुर मगर रहेको ईलाका प्रहरी कार्यलय केशरगंन्ज बयलवासका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक गुरुङ्गले बताउनु भयो ।
पक्राउ परेका युवाहरुले प्रयोग गरेको बा ३९ प ६०३ र ज ८ प ५४२१ नम्बरका २ वटा मोटरसाईकल सहित ६ थान मोवाईल समेत बरामत गरिएको प्रहरी निरिक्षक गुरुङ्गले बताउनु भयो । पक्राउ परेका चारै जनाको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको शुक्रबार गरिएको पत्रकार सम्मेलनमा प्रहरी निरिक्षक गुरुङ्गले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech