सर्लाहीको बलरा नगरपालिका ९ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)छतौनामा निर्माण गरिएको स्मृति बाटिका उद्घाटन गरिएको छ । बलरा नगरपालिका ९ छतौना स्थित रहेको बिओपी छतौनाका प्रमुख एवम सशस्त्र प्रहरी निरिक्षक विजय कुमार तुलाधरको सम्झनामा निर्माण गरिएको स्मृति बाटिकाको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक विनोदराज खनालले उद्घाटन गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहा र रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवको विशिष्ट आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी पुस १६ गते यात्री बसको ठक्करबाट ज्यान गुमाएका सशस्त्र प्रहरी निरिक्षक तुलाधरको सम्झनामा निर्माण गरिएको स्मृति बाटिकाको उद्धघाटन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रविन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म सिमराका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक धन बहादुर रानामगर,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनका बेसपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक निरन थापा, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका निमित गुल्मपति एवम सशस्त्र प्रहरी निरिक्षक होमनाथ नेपाल लगायत स्थानीय जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको विशेष उपस्थितिमा भएको कार्यक्रममा स्व.तुलाधरको तस्बिरमा माल्याअपर्ण गरी स्मृति बाटिका उद्घाटन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।अन्दाजी ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक तुलाधारलाई छतौनाबाट बलराका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख २००४ नम्वरको बसले किच्दा पुस १६ गते मृत्यु भएको थियो ।