जनतासँग काँग्रेस अभियान सर्लाही पनि सुरु

2.1k Shares

नेपाली कांग्रेस सर्लाहीले ‘जनतासँग काँग्रेस’ अभियान शुक्रवारबाट सुरु गरेको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी काँग्रेसको विचार घरघरमा पु¥याउने उद्धेश्यका साथ काँग्रेसले ‘जनतासँग काँग्रेस’ अभियान सुरु गरेकोे हो ।
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले भाद्र १० गतेबाट देशभरका ७७ वटै जिल्लाहरुमा एकसाथ अभियान सुरु गरेको नेपाली काग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिँहले बताउनु भयो । उहाँका अनुसार केन्द्रको निर्णय अनुसार नै जिल्लामा पनि सो अभियान शुक्रवारबाट सुरु गरिएको हो ।
अभियानको शुभारम्भ जिल्ला सरदमुकाम मलंगवा स्थित कुशुम पार्टी प्यालेसबाट गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सचिव निरज कार्कीले बताउनु भयो ।
जिल्लाभित्रका सम्पूर्ण तहगत समितिका पूर्व तथा वर्तमान पदाधिकारी,सदस्यहरु,पूर्व केन्द्रीय सदस्यहरु,भातृ तथा शुभेच्छुक संघका पूर्व तथा वर्तमान पदाधिकारीहरु,विभिन्न तहका जनप्रतिनिधि तथा प्रत्यासीहरु,क्षेत्रीय प्रतिनिधिलगायत आम क्रियाशील सदस्यहरुको सहभागिता रहेको सचिव कार्कीले बताउनु भयो । 

सम्बन्धित समाचार