Close This

भोलिदेखि विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार सुरु हुने

पत्र पत्रिका    प्रकाशित: २०७७-२-२२ गते   ४५२ पटक हेरिएको

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार भोलि (शुक्रबार)देखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ ।

बर्मामा कार्यरत नेपालीहरु पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जाने बताइएको छ।

सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।

सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो । बर्माबाट आउने २६ जना सबै नागरिक बागमती प्रदेशका हुन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला बालबालिकामन्त्री पार्वत गुरुङले संयोजन गर्नुहुने छ।

सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पु¥याउने कार्यविधि बनाएको छ । सोही बमोजिम शुक्रबार आउने बागमती प्रदेशका २६ जना नागरिकलाई सम्बन्धित ठाउँमा पु¥याउने जिम्मा गुरुङले पाउनभुएको हो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech