261
Shares
नेपाल हृदय रोग निवारण प्रतिष्ठान सर्लाही शाखा देशभरकै शाखाहरु मध्य उत्कृष्ट भएको छ ।पोखरामा जारी प्रतिष्ठानको ३४ औँ केन्द्रीय सभामा सर्लाही शाखालाई उत्कृष्ट घोषणा गर्दै नगद रु ५० हजार सहित सम्मान गरिएको नेपाल हृृदय रोग प्रतिष्ठान सर्लाही शाखाका बाबुकाजी नुच्छे प्रधानले जानकारी दिए ।
उनका अनुसार शाखाले संचालन गरेको गतिविधिलाई आधार मान्दै उत्कृष्ट शाखाको रुपमा नेपाल हृदय रोग प्रतिष्ठान सर्लाही शाखाका अध्यक्ष शिवप्रसाद न्यौपाने,बिक्रम भण्डारी,भीम जर्गा मगर,भवानी कोइराला र सुशील थपलियाले सम्मान पत्र ग्रहण गरेका छन् ।