सर्लाहीमा विभिन्न कार्यक्रम गरी संविधान दिवस ३ दिनसम्म मनाइने भएको छ ।संविधान दिवस २०८१ मनाउने सम्वन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शुक्रबार(आज) बसेको समन्वय बैठकले असोज २,३ र ४ गते विभिन्न प्रकारका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार दिवस मनाउन जिल्ला स्तरमा जिल्ला समन्वय समितिका प्रमुख र पालिकाहरुमा सम्वन्धित पालिकाका प्रमुखहरुको नेतृत्वमा समिति गठन गर्ने,असोज २,३ र ४ गते प्रत्येक कार्यालय परिसरमा राष्ट्रिय झण्डालाई मर्यादा पूर्वक सजाएर साँझ दीप प्रज्वलन गर्ने,असोज २ गते प्रत्येक स्थानीय तहहरुको अगुवाईमा कुनै सार्वजनिक स्थलमा सरसफाई गर्ने,दिवसको मुख्य दिन असोज ३ गते प्रत्येक पालिकाहरुमा प्रभात फेरि निकाल्ने र जिल्ला सदरमुकाम मलंगवा स्थित रहेको प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गर्ने साथै असोज ४ गते डिभिजन वन कार्यालय सर्लाही र स्थानीय तहहरुको आयोजनामा वृक्षरोपण कार्यक्रम गर्ने निर्णय भएको हो ।
निर्णय भएका कार्यक्रमका अतिरिक्त स्थानीय तहहरु तथा अन्य संघ/संस्थाहरुलाई संविधान दिवस लक्षित वतृत्वकला,खेलकुद,रक्तदान,शैक्षिक सामग्री वितरण,स्वास्थ्य परीक्षण,अनाथालय वा वृद्धाश्रमलाई सहयोग,सम्मान र परिसम्वाद जस्ता कार्यक्रम गर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
लामो शसस्त्र द्धन्द्धपछि नेपाली जनताले निर्वाचित गराएका जनप्रतिनिधहरुबाट लेखिएको संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष संविधान दिवशको रुपमा दशैभरी र विदेशमा रहेका नेपालीहरुले समेतसंविधान दिवश मनाउने गरेका छन् ।