सरकारी विदाको अवज्ञा गरि चलाएको नीजि स्कुल बस तोडफोड

1.1k Shares

शंखर पहाडी(गौरब)


सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सञ्चालित एक नीजि विद्यालयको बसमा तोडफोड भएको छ । सरकारी बिदाको दिन स्कुल बस चलाएको भन्दै हरिवन नगरपालिका ४ सासापुर स्थित गणेश चोकमा मंगलबार एउटा स्कुल बसमा तोडफोड भएको हो ।
सरकारले मंगलबारका लागि शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको थियो । सो समयमा आफुहरुको चाडपर्व ग्याल्पो ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको भएपनि सो विदालार्य अटेर गरि विद्यालय सञ्चालन गरि बस सञ्चालन गरेको भन्दै जनजाति युवा महासंघ सर्लाहीका कार्यकर्ताहरुले स्कुल बसमा तोडफोड गरेका हुन ।
लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको पिस जोन अंग्रेजी आवासिय विद्यालयको ना १ क ८८३४ नम्वरको स्कुल बसमा जनजाति युवा महासंघ सर्लाहीका कार्यकर्ताहरुले स्कुल बसमा तोडफोड गरेका हुन । सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरी स्कुल बस संचालन गरेको भन्दै तोडफोड गरिएको जनजाति युवा महासंघ सर्लाहीले जनाएको छ ।


जनजाति युवा महासंघ सर्लाहीका नेता कार्यकर्ताहरुको ढुंगा प्रहारबाट स्कुल बसका सिसाहरु फुटेका छन् ।  सरकारले मंगलबारसार्वजनिक विदा दिएको भएपनि सर्लाहीका अधिकांश नीजि विद्यालयहरु मंगलबार सार्वजनिक बिदाको दिन पनि खुलेका थिए ।“नेपाल बहुल जाति, भाषा, सास्कृतिले भरिपुर्ण छ,सवैले आफ्नो सास्कृति,चाड,पर्व मनाउनु पाउने नैर्सगिक अधिकार हो । संविधानले नै सवै जातजाति, भाष, धर्म, सास्कृतिलाई सम्मान मान्यता दिएको छ । सदियौ देखि हामी भाषिक, धार्मिक तथा सांस्कृतिक रुपमा भिन्नता भएर पनि एकताको मालामा रहेको छौ यो हाम्रो मौलिक विशेषता पनि हो ।

संविधान प्रदत व्यवस्थालाई कार्यन्वयन गर्दै सरकारले विभिन्न जातजाति तथा आदिवासी जनजातिको सास्कृतिक चाडहरुमा सार्वजनिक विदा दिने, सवैलाई सम्मान व्यवहार र एकताको प्रयास गरिएको छ ।”जनजाति युवा महासंघ नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महासंघको विज्ञप्तीमा भनिएको छ “पछिलो समयमा नेपालीहरुको धार्मिक,सांस्कृतिक एकतालाई खलबल्याउने गरि केहि साम्प्रदायिक विषयहरुको प्रचार प्रसार गर्ने सामाजिक एकता भडकाउने अराजक गतिविधि भएको प्रति आदिवासी जनजातिको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारले संविधानको प्रावधान अनुसार गरेको आदिवासी जनजातिको चाडहरुका दिन सार्वजनिक विदाको अवज्ञा गर्दै केहि नीजि विद्यालयहरु संचालन भए,नीजि संस्थान,कार्यलयहरु संञ्चालन गरिएको प्रति आदिवासी जनजाति युवामहासंघ खेद व्याक्त गर्दछ ।”

यस्ता कार्यहरु नगर्न,नगराउन, साथै निगरानी गर्न सम्बन्धित सवैलाई सचेत गराउँदछौ । सार्वजनिक विदाको दिन पनि आफ्नो जाति धर्म अनुसार विदादिने र अरुको चाडपर्वको अवज्ञा गर्ने कार्य नै साम्प्रदायिक एकता भडकाउने गतिविध हो यस्ता कार्य नगर्न नगराउन हुन सवैमा अपिल गर्दछौ । महासंघका महासचिव किरण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ग्याल्पो ल्होसारको खुशियाली मनाई रहेको अवसरमा केहि निजि विद्यालयहरुले सार्वजनिकविदाको अवज्ञा गर्दै जवरजस्ति विद्यालय संचालन गर्ने । पटकपटक जानकारी र सचेत गराउदा पनि नमाने पछि लालवन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको पिस जोन अंग्रेजी आवासिय विद्यालयको बसलाई भौतिक रुपमा कारवाही गरि सचेत गराएको जानकारी गराउदछौ । विज्ञप्तीमा भनिएको छ । उक्त भौक्तिक कारवाहीको अदिवासी जनजाति यूवा महासंघ नेपाल जिम्मेवारी लिदै आगामी दिनमा यस्ता कार्यहरु नगर्न सरोकारवाला सबैलाई आग्रह गर्दछौ । यो भौतिक कार्वाहीको सुरुवात मात्र हो । देश भरि आदिवासी जनजातिको चाडमा सार्वजनिक विदाको उल्लंघन गर्ने प्रति आदिवासी जनजाति युवा महासंघले कडा निगरानी गरिरहेको छ । महासचिव श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।  महासंघले विज्ञप्तीमा भनेको छ,आगामी दिनमा यस्ता कार्य गरेमा कार्वाहीको भागिदार हुन र त्यसवाट हुने क्षेतिको जवाफ स्वयम नै हुन सम्वन्धित सवैलाई सचेत गराउदछौ ।
यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन,नेपाल एरिया सि सर्लाहीले मंगलबार लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको पिस जोन अंग्रेजी आवासिय विद्यालयको
ना १ क ८८३४ नम्बरको स्कुल बसमा  भएको तोडफोडको निन्दा गरेको छ । स्कुल बस विद्यार्थी लिएर पुर्याउन गई फर्किने क्रममा हरिवन नगरपालिका ४ सासापुर स्थित गणेश चोकमा एक्कासी केही युवाहरुको समुहले अन्धाधुन्ध तोडफोड गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन,नेपाल एरिया सि सर्लाहीले विज्ञप्ती जारी गरेको छ ।
पिसजोनको स्कुल बसमा विद्यार्थी घर छाडेर फर्किने क्रममा केहीयुवाहरुको समुहले अचानक ढुङ्गाहरु प्रहार गरी तोडफोड गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको र उक्त उश्रृखल युवाहरुको समुहलाई कानुनी दायरामा ल्याउन सम्बन्धीत निकायहरुलाई ध्यानाकर्षण गराउदछौ ।प्याव्सन सर्लाही,एरिया सीका सचिव भरत देवकोटाद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ,“समाजमा शान्ति अमन चैन कायम गराइ निर्वाधरुपले विद्यालय विद्यार्थीहरु ल्याउने लाने वातावरण सृजना गर्न उश्रृखल तत्वहरुलाई अविलम्व कावांही गरी यस्ता घटना दोहोरिन नदिन समेत सम्बन्धीत निकायलाई गम्भिर ध्यानाकर्षण गराउदछौ ।”तर सर्लाहीका केही नीजि विद्यालयहरुले सरकारले तोकेको सार्वजनिक वबालाई अवज्ञा गरी विद्यालय चलाउने गरेका छन् ।

सम्बन्धित समाचार