तीनपाटन २ मा करेन्ट लागेर एक युवकको मृत्यु

345 Shares

सिन्धुलीको तीनपाटन गाउँपालिका २ संखाजोरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । स्थानीय अन्दाजी २७ वर्षीय रुद्र मणि अधिकारी बिहीबार साँझ आफ्नै घरमा बिजुली मर्मत गर्दै गर्दा अचानक करेन्ट लागेर बेहोस भएका थिए ।
गम्भीर घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको र त्यहाँ उपचारको क्रममा बिहीबार राती करिब ९ बजे उनको मृत्यु भएको चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सम्बन्धित समाचार