राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङ ३ को दुवै प्रदेश सभाको अधिवेशन सम्पन्न

301 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङ क्षेत्र नं ३ प्रदेश सभा “क”को अधिवेशनले देवी थापाको अध्यक्षतामा र प्रदेश सभा ख को अधिवेशनले पर्शु सुवेदीको अध्यक्षतामा १६/१६ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय सदस्य होम गौतमको प्रमुख आतिथ्यतामा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङ क्षेत्र नं ३ प्रदेश सभा “क” र “ख”को अधिवेशनले प्रदेश सभा “क”मा थापा र प्रदेश सभा “ख”मा सुवेदीको अध्यक्षताको १६/१६ सदस्यीय समिति सर्व सहमत चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ निर्वाचन समिति सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङकी जिल्ला समिति सदस्य शोभा प्याकुरेलले जानकारी दिईन् ।

r2.jpg
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङ  निर्वाचन समितिका संयोजक उद्धव चन्द्र घिमिरे,सदस्य सचिव जय सिटौला र जिल्ला समिति अध्यक्ष गोपाल क्षेत्री लगायतको विशेष उपस्थितिमा दुवै प्रदेश सभाको अधिवेशन सम्पन्न भएको हो ।

सम्बन्धित समाचार