चालु आर्थिक वर्ष सुरु भएको करिब पहिलो त्रैमासिक बितिसक्न लाग्दा समेत देशभरका ५४ वटा पालिकाले बजेट तथा नीति र कार्यक्रम नल्याएका पाइएको छ।कुल सात सय ५३ वटा पालिकाहरु मध्य छ सय ९९ वटा पालिकाले बजेट ल्याएका भएपनि ५४ वटा पालिकाले अझैँ बजेट नल्याएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोशी प्रदेशका एक सय ३७ पालिका मध्य एक सय ३५,मधेश प्रदेशका एक सय ३६ मध्य ९७,बागमती प्रदेशका एक सय १९ मध्य एक सय १५,गण्डकी प्रदेशका ८५ वटा सबै,लुम्बिनी प्रदेशका एक सय नौ मध्य एक सय तीन वटा,कर्णाली प्रदेशका ७९ वटा मध्य ७६ वटा र सुदूरपश्चिम प्रदेशका ८८ वटा सबै गरी कुल सात सय ५३ वटा पालिकाहरु मध्य छ सय ९९ वटा पालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका छन् भने कुल ५४ वटा पालिकाले वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्।जसमा सबै भन्दा धेरै मधेश प्रदेशका ३९ वटा पालिकाले वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याएका हुन ।
मधेश प्रदेशको सप्तरीका डाक्नेश्वरी र राजविराज नगरपालिका सहति अग्नीसाइर कृष्णासवर ,छिन्नमस्ता,महादेवा र बलान–विहुल गाउँपालिका, सिरहाको कल्याणपुर,धनगढीमाई र सुखीपुर नगरपालिका, धनुषाको धनुषाधाम,मिथिला, हंसपुर,कमला र नगराइन नगरपालिका सहित औरही,जनकनन्दिनी र धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, सर्लाहीको मलंगवा र हरिवन नगरपालिका सहित चन्द्रनगर,पर्सा र रामनगर गाउँपालिका, रौतहटको कटहरीया, देवाही गोनाही र फतुवा विजयपुर नगरपालिका, सहित दुर्गाभगवती र यमुनामाई गाउँपालिका, बाराको महागढीमाई नगरपालिका सहित आदर्श कोतवाल,सुवर्ण गाउँपालिका र विश्रामपुर गाउँपालिका तथा पर्साको पोखरिया नगरपालिका सहित धोबीनी,पकाहा मैनपुर,सखुवा प्रसौनी र कालिकामाई गाउँपालिकाले हाल सम्मपनि चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याएका मन्त्रालयको वेभसाईटमा उल्लेख छ ।
कोशी प्रदेशको सुनसरीको इटहरी र धरान उप–महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका छैनन् ।बागमती प्रदेशको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, धादिङको खनियाबास गाउँपालिका र गल्छी गाउँपालिका र काठमाण्डौं काठमाण्डौं महानगरपालिका, लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)पाल्हीनन्दन र प्रतापपुर गाउँपालिका,रुपन्देहीको कोटहीमाई र सम्मरीमाई गाउँपालिका,कपिलबस्तुको र शुद्धोधन गाउँपालिका र दाङको तुल्सीपुर उप–महानगरपालिका, कर्णाली प्रदेशको सल्यानको कुमाख,छत्रेश्वरी र दार्मा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याएका मन्त्रालयको वेभसाईटमा उल्लेख छ ।
देशभरका ५४ वटा स्थानीय तहहरुले समयमै वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याउँदा ती स्थानीय तहहरु बजेट विहीन हुनुका साथै स्थानीय विकास र सेवा प्रवाह प्रभावित भएको छ। मन्त्रालयको विवरण अनुसार सबैभन्दा बढी बजेट ल्याउन ढिलो गर्ने प्रदेश मधेसका ३९ वटा पालिकाहरु रहेका छन् ।सप्तरीका छ,सिराहाका तीन,धनुषाका १०,महोत्तरीको एक,सर्लाहीका पाँच,रौतहटका पाँच,बाराका चार र पर्साका पाँच गरी कुल ३९ स्थानीय तहले अझै बजेट पेस गरेका छैनन्।
त्यस्तै कोशी प्रदेशका दुई स्थानीय तह,बागमती प्रदेशका चार,लुम्बिनी प्रदेशका छ र कर्णाली प्रदेशका तीन गरी कुल ५४ पालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याएका मन्त्रालयको वेभसाईटमा उल्लेख छ ।बजेट नल्याउने स्थानीय तहहरूमा प्रायःराजनीतिक विवाद,दलगत संघर्ष र स्थानीय समस्या मुख्य कारण देखिएको जानकारहरु बताउँछन् ।यसले नीति–कार्यक्रम र योजनाको कार्यान्वयनमा ढिलाइ भएको छ।
संघीय सरकारले हरेक वर्ष जेठ १५ गते,प्रदेश सरकारले असार १ गते र स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेपनि मधेसका सहित धेरै स्थानीय तहले यो प्रावधान उल्लंघन गरेका छन्।समयमै बजेट नल्याउँदा स्थानीय विकास योजनाहरू प्रभावित हुनुका साथै आधारभूत सेवा–सुविधा सञ्चालनमा समस्या आउने गरेको जानकारहरूको भनाइ छ।
तर,यस मध्य धेरै स्थानीय तहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याइ सकेका भएपनि मन्त्रालयलाई जानकारी नगराएका कारण मन्त्रालयको तथ्यांकमा उनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याएका देखिएको पाइएको हो।सर्लाहीका सबै पालिका सहित बागमती प्रदेशको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले पनि आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याई सकेको जनाएको छ ।