Close This

सर्वाेकृष्ट कर्मचारीको रुपमा गोलन्जोरका शिक्षा शाखा प्रमुख दाहाल सम्मानीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-७ गते   ३४२१ पटक हेरिएको

सिन्धुलीको गोलन्जोर गाँउपालिकाको शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल सम्मानित हुनुभएको छ । गोलन्जोर गाउँपालिकाले दाहाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो ।
दाहालले गोलन्जोर गाँउपालिकाको शैक्षिक क्षेत्रको निति निर्माण तथा गुणस्तर सुधार गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उहाँलाइ २०७६ सालको सर्वाेकृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीले जानकारी दिनु भयो ।
संविधान दिवसको अबसरमा उहाँलाइ सम्मान २०७६ सालको सर्वाेकृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको सुचना प्रबिधि अधिकृत सुबिर कार्कीले बताउनु भयो ।  दाहाललाई नगद रु १० हजार सहित प्रमाणपत्र दिएर सम्मान गरिएको छ । यस अघिपनि एक कार्यक्रममा गाँउपालिकाका २० जना कर्मचारी सम्मानित भएका थिए ।

जसमा २०७६ सालको सर्वाेकृष्टमा २ जना कर्मचारी सम्मानित भएका हुन भने १९ जना कर्मचारी उत्कृष्टमा सम्मानित भएका गाउँपालिकाले जनाएको छ । हाल गाँउपालिकामा कार्यरत १०९ जना कर्मचारी मध्य २१ जना सम्मानित भइ सकेका सुचना तथा संचार प्रविधि अधिकृत कार्कीले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech